GBIME

आइएमई पे र नेपाल रेमिटबीच रेमिट्यान्स सिधै आइएमई पे वालेटमा प्राप्त गर्ने सम्झौता

744
shares

काठमाडौं, ३० फागुन । आइएमई पे र नेपाल रेमिटबीच रेमिट्यान्स सेवा सम्बन्धि सम्झौता भएको छ । सम्झौता अन्तर्गत विदेशबाट नेपाल रेमिट मार्फत पठाइएको रेमिट्यान्स अब ग्राहकवर्गहरुले सिधै आइएमई पे वालेटबाट प्राप्त गर्न सक्नेछन् ।

आइएमई पे वालेट एप एक डिजिटल सोलुसन लिमिटेडद्धारा प्रवद्र्धित विद्युतीय भुक्तानी सेवा प्रदायक नेपालको पहिलो मोबाइल एप हो । आइएमई पे ले आइएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तिय सेवा प्रदान गरिरहेको छ । आइएमई डिजिटल दुरसञ्चार सञ्जालको माध्यमबाट मोबाईल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो ।

आइएमई पे मोबाईल वालेटमार्फत सेवाग्राही आफैले अथवा एजेन्टहरुकोमार्फत विभिन्न किसिमको भुक्तानी कार्यहरु गर्न सक्छन । व्यक्ति–व्यक्ति बीचमा हुने सामान्य रकम ट्रान्स्फर गर्ने सुबिधा देखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरुमा त्तच् स्कान गरी भुक्तान गर्ने, मोबाईल रिचार्ज गर्ने, र विभिन्न घरायसि तथा कार्यालयका बिलहरु भुक्तान गर्न मिल्ने सेवा प्रदान गर्दै आइरहेको छ ।

साथै मोबाईल वालेटमा ब्याज तथा विभिन्न क्यासब्याकहरुको पनि सुबिधा उपलब्ध छ । आइएमई डिजिटल सोलुसन लिमिटेडले बैंकको सुबिधाबाट वञ्चित सर्वसाधारण जनतालाई वित्तिय सेवाहरुको पहुँच उपलब्ध गराउदै आइरहेको छ । २० लाखभन्दा बढी ग्राहकहरुलाई सिधै मोबाईल वालेट एप तथा एजेन्टहरु मार्फत आइएमई पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्न सफल भएको छ ।

Dhulikhel Eco Resort 1200*100