Mangaldeep Aagarbatti
GBIME

शिवम् सिमेन्टको “शिवम्संग उपहार टन्न’’ उपहार योजनाको मेगा लक्की ड्र सम्पन्न : ६० जना जिते उपहार

1.2K
shares

काठमाडौं, ३ चैत्र । शिवम् सिमेन्टको “शिवम्संग उपहार टन्न’’ योजनाको मेगा लक्की ड्रमा ६० जनाले उपहार जितेका छन् । काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरी शिवम्ले, उपहार योजनाको मेगा लक्की ड्र अन्तर्गत भाग्यशाली बिहिबार उपभोक्ता तर्फ ३० जना तथा विक्रेता तर्फ ३० जना गरी ६० जना विजेताहरुको नाम सार्वजनिक गरेको हो ।

जसअनुसमार उपभोक्ता तर्फ ४७ तोला तथा विक्रेता तर्फ ४७ तोला सुन उपहार राखिएको थियो । कार्यक्रममा उपभोक्ता तर्फ प्रथम पुरस्कार बापत २ भाग्यशाली विजेता बाग्मती–पोखरा क्षेत्रबाट र उपत्यका बाहिरबाट ५/५ तोला सुन प्राप्त गरेका छन् । दोस्रो पुरस्कार अन्तर्गत ४ जनाले ३/३ तोला सुन जितेका छन् भने तेस्रो पुरस्कार अन्तर्गत ६ जनाले २/२ तोला सुन, चौथो ८ जनाले १/१ तोला सुन तथा अन्य १० जनाले आधा/आधा तोला सुन जित्न सफल भएका छन् ।

पत्रकार सम्मेलनमा शिवम् सिमेन्टका बिक्रि मार्केटिङका उपाध्यक्ष निखिल अग्रवालले नेपालको अग्रणी सिमेन्ट उद्योग शिवम् सिमेन्टद्वारा भाग्यशाली विजेताहरुको नाम लक्की ड्र सार्वजनिक गरी पुरस्कार वितरण गरिएको बताए । उनले उपहार ल्याएर डिलर साथीहरुलाई र ग्राहकहरुलाई प्रोत्साहन गर्न र निमार्ण कार्य महङगो भएकोले रोकेको अवस्थामा पुरस्कार देखेर निमार्ण कार्यमा थप प्रेरणा मिल्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको बताए ।

उनले भने ‘लक्की ड्र मार्फत उपभोक्ता साथीहरुलाई पुरस्कार दिन पायौ । शिवम् सिमेन्टको “शिवम्संग उपहार टन्न“ उपहार ल्याएर डिलर साथीहरुलाई र ग्राहकहरुलाई प्रोत्साहन गर्न खोजेको हो । आज निमार्ण कार्य महङगो भएकोले रोकेको अवस्थामा हाम्रो पुरस्कार देखेर निमार्ण कार्यमा थप पे्ररणा मिल्ने उद्देश्यले तीन महिना अगाडी नै हामीले यो कार्यक्रम लिएर आएका थियौ । साढे २ लाख भन्दा बढी ग्राहकहरुलाई, डिलरहरुलाई पुरस्कार दिएका छौं ।’

National life Banner