शुक्रबार १ घण्टाको लागि इसेवाका सेवा अवरुद्ध हुने

वि.सं.२०८० जेठ ११ बिहीवार १८:३८
390
shares
shares

काठमाडौं, ११ जेठ । इसेवाको आकस्मिक मर्मतसम्भारका कारण शुक्रबार दिउँसो १ घण्टा ४५ मिनेटका लागि इसेवाका सेवा अवरुद्ध हुने भएको छ ।
बिहीबार इसेवाले एक सूचना जारी गर्दै शुक्रबार १ घण्टा ४५ मिनेटका लागि सेवा अवरूद्ध हुने जानकारी दिइएको छ । दिउँसो १२ः१५ बजेदेखि २ बजेसम्म इसेवाका सम्पूर्ण सेवा बन्द हुने भएको हो ।
यसबाट ग्राहकमा पर्न जाने असुविधा प्रति इसेवाले क्षमा समेत मागेको छ ।