Dhulikhel Eco Banner new

सीजी मोटर्सद्वारा अभिनेत्री वर्षा राउत आयन भीको ब्रान्ड एन्डोर्सरमा नियुक्त

1.4K
shares

काठमाडौं, ७ जेठ । नेपालको विद्युतीय सवारी साधनको आधिकारिक बिक्रेता सीजी मोटर्सले अभिनेत्री वर्षा राउतलाई “ईस्क्स्ट्राओर्डिनरी आयन भी” को ब्रान्ड एन्डोर्सरको रूपमा नियुक्त गरेको घोषणा गर्दै गाडी हस्तान्तरण गरेको छ । नेपाली चलचित्र उद्योगमा आफ्नो आत्मविश्वास, सौन्दर्य र जीवन्त व्यक्तित्वका कारण चर्चित वर्षा राउत अब आयन भी परिवारको हिस्सा बनेकी हुन् ।

आयन भीले नवीनतम प्रविधि, अत्याधुनिक डिजाइन, उच्च सुविधा र आरामदायी अनुभवमार्फत विद्युतीय सवारी क्षेत्रमा नयाँ स्तर स्थापित गरिरहेको छ । सीजी मोटर्सका बिक्री प्रमुख सुशील क्षेत्रीले वर्षा राउतलाई ब्रान्ड प्रतिनिधिको रूपमा स्वागत गर्न पाउँदा उत्साहित भएको बताउँदै उनको सोच, जीवनशैली र दिगोपनप्रतिको प्रतिबद्धता आयन भीसँग मेल खाने बताएका छन् ।

वर्षा राउतको छायांकन, आकस्मिक यात्रा र सहरको यात्राजस्ता जीवनशैलीलाई आयन भीले सहज बनाउने विश्वास व्यक्त गरिएको छ
यस गाडीमा रहेको आठ बिन्दु मसाज सिट, भित्री फ्रिज र हिटर, विशाल सनरूफ जस्ता विशेषताले हरेक यात्रालाई विशेष र आरामदायी बनाउँछ । आयन भीमा रहेको पचहत्तर दशमलव तीन किलोवाट घण्टाको ब्याट्री र छ सय पचास किलोमिटरको यात्रा दायरा रहेकोले लामो दूरीको यात्रा पनि सरल बनाउँछ ।

वर्षा राउतले आयन भीलाई केवल गाडी नभई जीवनशैलीको अनुभव भएको बताउँदै यसको विलासिता, स्मार्टपन र व्यवहारिकता आफूलाई सुहाउने बताएकी छिन् । उनी यस्तो ब्रान्डको प्रतिनिधित्व गर्न पाउँदा गर्व महसुस गर्दै यो गाडी नेपाललाई सफा, स्मार्ट र हरित भविष्यतर्फ डोर्याउने यात्राको प्रतीक भएको बताउँछिन् । चौधरी समूह अन्तर्गतको सीजी मोटर्सले विश्वस्तरीय साझेदारी र प्रविधिमार्फत नेपालमा दिगो सवारी समाधान ल्याउने लक्ष्य राखेको छ