Dhulikhel Eco Banner new
NCHL Banner 2081

पुुरा भयो एसइई परीक्षाको सबै तयारी

3.94K
shares

विराटनगर, ८ वैशाख वैशाख ९ गते अर्थात् शुक्रबारदेखि सुरु हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को सम्पूर्ण तयारी पूरा भएको छ । कोरोना महामारीका कारण शैक्षिक सत्र २०७६ र २०७७ मा विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनकै आधारमा परीक्षा बोर्डले एसइईको नतिजा सार्वजनिक गरेको थियो ।
जिल्ला शिक्षा समन्वय समितिका अनुसार यस वर्षको परीक्षामा मोरङमा कूल १८ हजार ४९६ विद्यार्थी सहभागी हुनेछ । तीमध्ये साधारणतर्फ १७ हजार ८५१, प्राविधिक ५६० र पुनः परीक्षा दिएर उर्तीण भएका ग्रेड वृद्धि विद्यार्थीका सङख्या ८५ छन् ।
परीक्षालाई व्यवस्थित एवं मर्यादित बनाउनका लागि जिल्लामा परीक्षा केन्द्र ७१, केन्द्राध्यक्ष ७१, सहायक केन्द्राध्यक्ष १२२, निरीक्षक ९२२, परीक्षा सहायक १८६, कार्यालय सहयोगी ३७१ सहित एक हजार ६७२ जनशक्ति परिचालन हुने जिल्ला शिक्षा समन्वय अधिकारी टङ्क गौतमले जानकारी दिए । उनले परीक्षालाई सभ्य एवं भव्य बनाउन सुरक्षाकर्मी परिचालन हुने प्रबन्ध मिलाइएको छ र परीक्षामा कुनै अमर्यादित गतिविधि हुन नदिन सबैलाई सचेत बनाएको छ भने ।