Dhulikhel Eco Banner new
NCHL Banner 2081

लोडसेडिङ अन्त्य गर्न उद्योगीले उर्जामन्त्रीको ध्यानाकर्षण गराउने

5.46K
shares

काठमाडौ,१५ वैशाख । सिमेन्ट उद्योगमा हुँदै आएको दैनिक १२ घण्टा सम्मको लोडसेडिङ अन्त्य गर्नु पर्ने माग लिएर बिहीबार (भोलि) सिमेन्ट उद्योग संघका पदाधिकारीहरू मन्त्रीलाई भेट्न जाँदै छन्।

निकै लामो समयदेखि उद्योगमा हुँदै आएको लोडसेडिङले उत्पादनमै ठुलो असर पार्दै लगेपछि संघका पदाधिकारी गुनासो लिएर जाने भएका हुन्।

“दैनिक १२ घण्टा सम्मको लोडसेडिङले उद्योग सञ्चालन नै गर्न नसकिने अवस्था आएपछि भोलि हामी ऊर्जा मन्त्रीलाई भेट्न जाँदै छौ। मन्त्री ज्युले समस्या समाधान गरिदिनै पर्ने हुन्छ। अन्यथा हामी उद्योगको तालाचावी बुझाउनु पर्ने स्थितिमा पुगिसकेका छौ” सिमेन्ट उद्योग संघका अध्यक्ष ध्रुव थापाले मेरो लगानीसँग भने।

पछिल्लो समय उद्योगको बिजुली कटौती गरेर घरायसी प्रयोजनको लागि दिन थालिएको छ। निर्वाचनको मुखमा सर्वसाधारणको बिजुली कटौती गर्दा अपजस आउन सक्ने भन्दै सरकारले बठ्याइँ गरिरहेको छ। जसले गर्दा उद्योगमा यति बेला दैनिक १२ घण्टासम्म नेपाल बिद्युत् प्राधिकरणले बिजुली कटौती गर्दै आएको छ। बिजुली कटौतीका कारण उद्योगहरू पूर्ण क्षमतामा चल्न सकेका छैनन्। केही उद्योगहरूले बाध्य भएर डिजेल प्लान्ट चलाउँदै आएका छन्।

उद्योगलाई बिजुली कटौती हुन थालेको लामो समय भएपनि त्यसको सुनवाइ भने सरकारले अझै गरेको छैन। जसले गर्दा नेपाली उद्योगहरू बिजुली अभावमा थप खुम्चिँदै जान बाध्य भएका छन्।