GBIME

चिलिमे जलविद्युतको झिनो सुुधार ९ महिनामा ५२ करोड नाफा

1.22K
shares

काठमाडौं, २६ वैशाख । चिलिमे जलविद्युत् कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको ९ महीनामा रू. ५२ करोड २० लाखभन्दा बढी खुद नाफा गरेको छ ।

यस वर्ष गत वर्षको सोही अवधिको तुलनामा कम्पनीले १ दशमलव २४ प्रतिशत मात्र खुद नाफा बढाएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीको खुद नाफा रू. ५१ करोड ५६ लाखभन्दा बढी थियो ।

यस वर्ष कम्पनीको सञ्चालन नाफा भने साढे १ प्रतिशत कम भएको छ । गत वर्ष रू. ५५ करोड १८ लाखभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष रू. ५४ करोड ३२ लाखभन्दा बढी मात्र यो नाफा गरेको हो ।

कम्पनीको गत वर्षभन्दा यस वर्ष वित्तीय आम्दानी २० दशमलव २४ प्रतिशत बढी भएकाले खुद नाफामा सामान्य बृद्धि देखिएको हो । गत वर्ष रू. १० करोड ८२ लाखभन्दा बढी वित्तीय आम्दानी गरेको कम्पनीले यस वर्ष रू. १३ करोड १ लाखभन्दा बढी यो आम्दानी गरेको हो ।

 

Dhulikhel Eco Resort 1200*100