GBIME

सानिमामाई हाइड्रोपावरले कमायो ४५ करोड नाफा

1.58K
shares

काठमाडौं २६ वैशाख । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म सानिमामाई हाइड्रोपावर लिमिटेडले रू. ४५ करोडभन्दा बढी खुद नाफा गरेको छ ।

गत वर्ष यस अवधिसम्म कम्पनीले रू. ३३ करोड २२ लाखभन्दा बढी मात्र यो नाफा गरेको थियो । गत वर्षको तुलनामा यस वर्ष कम्पनीको खुद नाफा ३५ दशमलव ४७ प्रतिशत बढी भएको हो ।

कम्पनीको विद्युत् विक्री आम्दानी यस वर्ष साढे ११ प्रतिशत बढी रू.७ करोड ४० लाखभन्दा बढी भएको छ भने वित्तीय आम्दानी करीब ३६९ प्रतिशत बढी रू. २ करोड ७३ लाख भएको छ ।