GBIME

एचआईडिसीएलले ९ महिनामा कमायो साढे ६९ करोड खुद नाफा

1.85K
shares

काठमाडौं, २७ वैशाख । हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड ( एचआईडिसीएल) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ६९ करोड ६१ लाख ४७ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

गत आवको यसै अवधिमा ६३ करोड ८९ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले ८.९४ प्रतिशत धेरै नाफा आर्जन गरेको हो ।

गत आवको यसै अवधिको तुलनामा चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले ग्राहकसँगको सम्झौताबाट भएको आम्दानी ६६३.३८ प्रतिशत, वित्तीय आम्दानी ९.६० प्रतिशत, लाभांश आम्दानी ३१.३३ प्रतिशत र अन्य आम्दानी ११४.३८ प्रतिशत बढाएको हो । कम्पनीको चुक्ता पूँजी समीक्षा अवधिमा १३.३३ प्रतिशत र जगेडा कोषको आकार ८७.७० प्रतिशत बढेको छ ।

Premier Steel Banner