बुकुरोभित्र बृद्ध आमाछोरीको बास

छोरीको भरोसा आमा, आमाको सहारा छोरी

468
shares

एउटा बुकुरो घर छ । त्यही घरमा सय अनि ७० वर्ष काटेका बृद्ध आमाछोरीको बास छ । उनीरुको साथमा केही थान कुखुरा छन् अनि वर्षे खेती मात्र हुने दुई कठ्ठा जमिन छ । जसमा छिमेकीको सहयोगले ८,१० डोको मकै फल्छ, सम्पत्ति भनेको यत्ति हो । बृद्ध अवस्था समस्या अनेक छन् तर सहारा दिने कोही छैन । त्यसैले त सरकारस“ग केही अपेक्षा छन् उनीहरुका अनि पूरा हुन्छन् कि भन्ने आशा पनि ।

 दाङको लमही टोलमा एउटा मात्र कोठा भएको एकछाने सानो झुप्रो घर छ, जो धौ–धौ अडिए झैं देखिन्छ । भित्र मुस्किलले एउटा खाट र केही गुण्टागुण्टीहरु अटेका छन् । त्यही घर आडमा एउटा पातो टिन गासेर बनाइएको पाली भान्सा हो । घरअगाडिको थोरै ठाउ लिपपोत गरेर आगन बनेको छ ।

त्यही आगनमा भेटिन्छिन् १ सय ४ वर्षकी आमा जमुना घर्तीलाई स्याहार्दै गरेकी ७२ वर्षीया राधिका घर्ती । आमालाई छायातिर सार्दै राधिका भन्छिन– ‘एकछिन घाममा बसेपछि पोल्यो भन्नहुन्छ, शीतलमा सार्नुपर्छ । एकैछिन शीतलमा बसेपछि जाडो भयो भन्नुहुन्छ, घामतिर सार्नुपर्छ । यही गर्दागर्दै दिन बित्छ । हाम्रा कुराकानी दिनभरि त आमा पनि भुल्नुहुन्छ । के सोच्नुहुन्छ खै, रातभरि रुनुहुन्छ ।’

आठ छोरा र एक छोरी नौ सन्तानकी आमा हुन, जमुना घर्ती । विवाहपछि सबै छोराछोरी आफ्नो गृहस्थ जीवन सम्हालेर छुट्टै बस्न थाले । नौ सन्तानले रज्जगज्ज घर विस्तारै सुनसान हुदै गयो । २९ वर्षअघि श्रीमान् पनि बिते । त्यसपछि शुरु भयो उनको एक्लो जीवन । करिब २५ वर्ष एकल जीवन बिताउनुभएकी उनलाई जीवनको उत्तराद्र्धमा आइपुग्दा भने सन्तानको सहारा मिलेको छ । विगत ५ वर्षयता छोरी राधिका साथमा बस्छिन ।

यतिका वर्षपछि छोरीसगै बस्नपाउदा कति खुशी लागेको छ, भनेर सोध्दा छोरीतिर हेरेर मुसुक्क हास्छिन अनि भनस्छिन– ‘कति हो कति’ विवाहपछि ४० वर्ष परदेश बसेको छोरीसग बुढेसकालमा सगै बस्न पाउदाको खुशी उनि शब्दमा व्यक्त गर्न सक्तिन्न । यद्यपि बुढेसकालले निचोरेर मुजा परेको त्यो अनुहारमा हेर्दा त्यो खुशीको सजिलै महसुस गर्न सकिन्छ ।

आमाको स्याहार सुसारमा कुनै कमी हुन दिएको छैन । सय काटेकी आमाको अवस्था केटाकेटीको जस्तै भएको छ भन्ने राधिकालाई थाह छ । नानाथरी कुरा गर्ने, छिनछिमै भोक लागिरहने । त्यसैले बेलाबेलामा ‘आमा के खानुहुन्छ ?’ भनेर सोधिरहन्छीन । बिहानको करिब ११ बजेको थियो । राधिकाले सोधीन– ‘आमा केही खानुहुने हो ?’ जमुनाले भन्नि, नाइ, तैंले भात खाइस् ?’ ‘अखाइसकें’ राधिकाले भन्नि । वर्षौंपछि सन्तानको साथ पाउदा जमुना निकै खुशी छिन ।

यतिका वर्षपछि आमाको काख पाउदा, आमालाई स्याहार गर्न पाउदा अनि वर्षौं एक्लै बिताएकी आमालाई आफ्नै हातले पकाएको साझ बिहान ख्याउन पाउदा राधिकाको खुशीको सीमा छैन । राधिका भन्छिन– ‘जवानीमा त आमाको सुख, दुःखमा साथी दिन पाइएन । अब जतिसक्छु सुख दिन मन छ । श्रीमान् बितेपछि मैले पनि केही वर्ष एक्लै बिताए“ । अहिले आमाको काखमा हुदा, ढुक्क लाग्छ । अनि बुढेसकालमा सुसार गर्न पाएकी छु । असाध्यै खुशी छु ।’

बृद्ध आमाछोरीले एकअर्काको साथ पाउदा खुशी त छदैछ । यद्यपि दुःख पनि कम छैनन् उनिरुको । घरमा शौचालय छैन । दिसा पिसाब गर्न घरदेखि परतिरको खोल्सामा जानुपर्छ तर सय वर्ष काटेकी बृद्ध कसरी पुग्ने खोल्सासम्म ? अनि घरमा ट्वाइलेट बनाउनु कसरी उपाय पनि छैन । ‘म त जेनतेज खोल्सामै पुग्छु । आमालाई कसरी लैजानु ? फेरि आमाले अलिबेर दिसा पिसाब अड्डाउनै सक्नुहुन्न । आगनमा दिसा पिसाब गराउछु अनि सोहोर्छु । ट्वाइलेट भए त अलि सजिलो हुन्त्यो कि ? आउने बाटो अरु केही छैन, त्यही भत्ताको भर हो ।

त्यसले छाक टार्न ठीक्क हुन्छ, केले ट्वाइलेट बनाउने ?’– राधिका भन्छिन– ‘पानी पनि नापेर चलाउन पर्च । नजिकमा धारो, कुवा छैन । कि उ माथिको कुवाबाट बोक्ने हो, कि घरदेखि तल छिमेकीसग माग्ने हो । अघिपछि त जसोतसो चलाकै छु, खडेरीमा कुवा सुक्दा र धारा नआउदा तल खोलाबाट बोक्नुपर्छ, बडो दुःख हुन्च । सरकारी जो भा पनि घरनजिकै धारो भए ता, एउटो दुःख घट्नेथ्यो ।’ हुन त उनीहरुका लागि यति गर्दिने कोही छैन÷कुनै निकाय छैन तर यो सरकारसंग उनीहरुको अपेक्षा हो । किन भने सरकारले उनीहरुले यत्ति आशा गर्नलायक केही कामहरु पनि गर्देको छ ।

उनहिरुको जीवनमा सरकारले गर्देका केही सम्झना लायक काम पनि छन् । वर्षामा रातभरि चुहिने घरको छानोमा वडा सरकारले गत वर्ष टिन हालिदियो । त्यसले समस्या केही राहत मिलेको छ । अनि नागरिकता बनाउने दौडमा वर्षौं धाउदा थाकेकी राधिकालाई ७२ वर्षको उमेरमा नागरिकता दिलाउन भूमिका खेल्यो । ‘सानैमा विवाह भयो नागरिकता बनाउनुपर्छ भन्ने थाह भएन । त्यसपछि कामको सिलसिलामा ४० वर्ष भारत बसें, नागरिकता चाहिएन ।

श्रीमान् उतै बित्य, त्यसपछि नेपाल फर्कें बल्ल पो थाह भयो नागरिकता बनाउनुपर्ने रहेछ भनेर । नागरिकता बनाउन श्रीमान्का कागजात चाहिदोरहेछ । कागजात खोजे केही फेला परेनन् । त्यसपछि नागरिकता बनाउनकै लागि निकै दुःख पाए ।’ उनीले भन्नि– ‘पछि वडा कार्यालयबाट आफ्ना सबै कुरा सुनाएपछि उनले काम गर्दिए ।

अहिले भर्खरै नागरिकता पाए“ । हिजोसम्म आमाको भत्ताबाट घर खर्च चलाउन धौ–धौ पथ्र्यो । अब त मेरो पनि आउछ । अलि सजिलो हुने भयो । खानीको जोहो त भइहाल्यो । वर्षामा यो घर कतिबेला भत्केर च्याप्छ भन्ने डर छ । हाम्रो लागि गरिदिने अरु कोही छैन । ढुक्कले बस्न मिल्ने एउटा सानो घर र ट्वाइलेट बनाइदिन्छ कि भन्ने सरकारकै आशा छ ।’

वडा कार्यालयले सुन्दा साना लाग्ने तर नागरिकले समस्या भोगिरहेका यस्ता थुप्रै काम गर्दै आएको तुलसीपुर उपमहानगरपालिका–१८ का वडाध्यक्ष माधव वलीले बताए । ‘हुन त नागरिकता १६ वर्ष पुगेपछि हरेक नागरिकले सहजै पाउने कुरा हो तर विविधि कारणले राधिकाले पाएकि थिन्न । जसले गर्दा उनी सरकाले दिने सेवा सुविधाबाट समेत बञ्चित थिईन ।

अहिले उनले नागरिकता पाहिन ।’ उनले भनिन्, ‘सबैभन्दा ठूलो कुरा त उहा ७२ वर्षपछि देशको नागरिक हुनुभयो  अब सरकारबाट मिल्ने सेवा सुविधा पनि पाउछिन । हामीले उनलाई नागरिकता दिलाउन भूमिका खेल्यौं । उसो त यो सामान्य कुरा होला तर उनीलाई सरकार रहेछ भन्ने महसुस गराउन सक्यौं ।

उनीहरुको समस्यालाई मध्येनजर गरेर उनीहरुको अपेक्षाअनुसार स्थानीय सरकारबाट हुनेसक्ने सहयोग गर्छौं ।’ साथै वडा कार्यालयले अघिल्लो कार्यकालदेखि हालसम्म आइपुग्दा सात जना विभिन्न कारणले नागरिकता नपाएका ज्येष्ठ नागरिकहरुलाई नागरिकता दिलाउन भूमिका निर्वाह गरेको वडाध्यक्ष वलीले जानकारी दिए ।


franklin 1200*150