पाकेकाे धान भित्र्याउन भ्याई नभ्याई छ किसानलाई (फाेटाेफिचर)

वि.सं.२०८० कात्तिक १५ बुधवार १३:१९
shares

काठमाडौं, १५ कात्तिक । पहाडी भूभागका केही स्थानमा हल्का वर्षा हुने मौसम पूर्वानुमान महाशाखाको सन्देश सुनेपछि धान भित्र्याउने तयारीमा रहेका किसान चिन्तित छन् ।
अहिले मुलुकभर पाकेको धान भित्र्याउने बेला भएको छ । यस्तो बेलामा हुने वर्षाले पाकेको धानलाई असर पार्ने किसानहरुको भनाई रहेको छ ।
लगभग देशै भर अहिले धान काट्ने क्रम सुरु भएको छ । झापादेखी कञ्चनपुरसम्मका किसानहरु अहिले आफ्नो खेतमा उब्जेको धान भित्र्याउन व्यस्त छन् । धान नगदेबालीका रुपमा चिनिन्छ । प्राय किसानहरुले आफुलाई वर्षभरी खान पुग्ने धान छुट्याएर बाँकी बिक्री गर्ने गरेका छन् । धुलिखेल, चितवन, दाङ, देउखुरी, दमकलगायतका केही स्थानमा धान काट्दै गरेका केही तस्विर प्रस्तुत गरेका छौं । हेरौ तस्विर :
तस्विर : रासस