कोरोना संक्रमणले दिमाग बूढो बनाइरहेको छ
वि.सं.२०७९ वैशाख २३ शुक्रवार १२:१८
shares
काठमाडौं, २३ वैशाख । कोभिडको पछिल्लो नयाँ अनुसन्धानले कोरोना संक्रमणले दिमाग बूढो बनाइरहेको दावी गरेको छ । भारतलगायत विश्वका धेरै ठाउँमा फेरि कोरोना संक्रमण तीव्र गतिमा बढिरहेको छ। यसैबीच, क्याम्ब्रिज युनिभर्सिटी र इम्पेरियल कलेजका वैज्ञानिकहरूले एउटा अचम्मको अनुसन्धान गरेका छन्। उनीहरुको दाबी छ कि गम्भीर कोरोना संक्रमणले बिरामीको दिमाग २० वर्ष बूढो बनाउन सक्छ।
यसअघि पनि वैज्ञानिकहरूले कोरोना भाइरस र मस्तिष्कबीचको सम्बन्ध पत्ता लगाउन धेरै अनुसन्धान गरिसकेका छन्। यसमा ब्रेन फोग र एम्नेसियादेखि मस्तिष्कमा रगत जम्ने समस्यालाई उजागर गरिएको थियो। अहिलेको नयाँ अध्ययनले बुद्धिमत्ता भाग ९आईक्यू० मा पार्न सक्ने प्रभावको बारेमा बताएको छ ।