GBIME

उदयपुर सिमेन्ट उद्योगको अध्यक्षका लागि दरखास्त आह्वान

660
shares

काठमाडौं, १२ असार । उदयपुर सिमेन्ट उद्योग लिमिटेडको रिक्त महाप्रबन्धक पदका लागि उद्योग मन्त्रालयले सार्वजनिक दरखास्त आह्वान गरेको छ । एक सूचना प्रकाशित गर्दै मन्त्रालयले २१ दिनको म्याद दिएर योग्यता पुगेका नेपाली नागरिकहरुबाट दरखास्त माग गरेको छ ।

सरकारी उद्योग अन्तर्गतको सो सिमेन्ट उद्योगमा रिक्त रहेको महाप्रबन्धक पदपूर्तिका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सार्वजनिक दर्खास्त आह्वान गरेको हो ।

सो पदका लागि ईच्छुक नेपाली नागरिकले मान्यता प्राप्त विश्वविद्यालयबाट सार्वजनिक प्रशासन, व्यवस्थापन, अर्थशास्त्र, कानून वा ईन्जिनियरियङ्ग विषयमा कम्तीमा स्नाकोत्तर उत्तिर्ण गरेको वा चाटर्ड एकान्टेन्सी उत्तीर्ण गरेको हुने पर्ने मन्त्रालयले जनाएको छ । त्यस्तै, सम्बन्धित क्षेत्रमा कम्तिमा ५ वर्षको अनुभव भएको र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसम्बद्ध सार्वजनिक निकायका पदाधिकारीको नियुक्ति र मनोनयनसम्बन्धी निर्देशिका, २०७७ को दफा ४ बमोजिम अयोग्य नभएको हुनुपर्ने उद्योग मन्त्रालयद्धारा प्रकाशित उक्त सूचनामा भनिएको छ ।

निम्न योग्यता पुगेका र दरखास्त दिने अन्तिम मितिले ३५ वर्ष पुरा गरी ६५ वर्ष ननाघेका उम्मेद्धवारले सो पदका लागि दरखास्त दिन सक्ने छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारीको नियुक्ति र मनोनयन सम्बन्धि निर्देशिका, २०७७ को अनुसूची २ बमोजिमको ढाँचामा शैक्षिक योग्यता, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, व्यक्तिगत विवरण तथा अनुभवसम्बन्धी कागजातका प्रतिलिपिहरुलाई उम्मेदवार स्वयंले प्रमाणित गरी पेश गर्नुपर्ने मन्त्रालयले जनाएको छ ।