Nepal Life Banner (End Date 5 Magh 2081)

आर्थिक संकटका कारण पर्साका दुई सय ३२ उद्योग खारेज

949
shares

काठमाडौं, १६ साउन । गत आर्थिक वर्ष २०८०/८१ मा पर्साका दुई सय ३२ उद्योग खारेज भएका छन् । आर्थिक संकटका कारणले साना तथा घरेलु उद्योगहरु खारेजी गराउन थालेका हुन् ।

आर्थिक मन्दीका कारण थलापरेका साना तथा घरेलु उद्योग बन्द हुने क्रम बढेको छ । अर्कोतर्फ सरकारले आव २०८१/८२ को बजेट वक्तव्यसँगै ल्याएको आर्थिक विधेयकमा वर्षौदेखि नवीकरण नगर्ने साना तथा घरेलु उद्योग खारेजीमा २५ प्रतिशत छुट दिने प्रावधानको कारण पनि धेरै उद्योग खारेजीमा परेका हुन् ।

अहिले जताततै आर्थिक मन्दीले अर्थतन्त्रलाई शिथिलतातर्फ लगिरहेको छ । जसको कारण साना तथा घरेलु उद्योग मारमा परिरहेका छन् । राज्यले साना तथा घरेलु उद्योगलाई प्रोत्साहन गर्ने वातावरण बनाउन आवश्यक छ । पर्सा जिल्लामा आव २०७९/८० मा भने एक सय ७७ वटा साना तथा घरेलु उद्योग खारेजीमा परेका थिए ।