Dhulikhel Eco Banner new

ऋण तिर्न नसक्दा धनुषा सिमेन्टको भविष्य अनिश्चित,लिलामी प्रक्रिया सुरु

663
shares

काठमाडौं, १६ असार । ऋण चुक्ता गर्न नसकेपछि धनुषा सिमेन्ट उद्योग लिलामीमा गएको छ । व्यवसायीद्वय श्याम सुन्दर अग्रवाल र प्रमोदराज अग्रवालले सञ्चालन गर्दै आएको धनुषा सिमेन्ट उद्योगले कुमारी बैंकबाट लिएको ऋण चुक्ता गर्न नसकेपछि लिलामीमा गएको हो।

व्यवसायी श्यामसुन्दर अग्रवाल र प्रमोदराज अग्रवालको स्वामित्वमा रहेको धनुषा सिमेन्ट उद्योग २०७५ सालमा उद्योग विभागमा दर्ता भएर सञ्चालनमा आएको थियो। तर, पछिल्ला वर्षहरूमा वित्तीय संकटमा फसेपछि उद्योगले बैंकको ऋण तिर्न नसक्ने अवस्थामा पुगेको हो।

कुमारी बैंकले माघ ७ गते ३५ दिने सूचना जारी गर्दै ऋण तिर्न सार्वजनिक रुपमा आह्वान गरेको थियो। तर, तोकिएको समयमा ऋण नतिरेपछि बैंकले पुनः दोस्रो पटक सूचना प्रकाशित गर्दै उद्योगको स्वामित्वमा रहेका सबै जग्गा र सम्पत्ति लिलामीमार्फत बिक्री गर्ने निर्णय गरेको हो।