GBIME

जगन्नाथ गाउँपालिकामा सूचनाको हक सम्बन्धि १ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न

822
shares

काठमाडौं ९, जेठ । जगन्नाथ गाउँपालिकामा सूचनाको हक सम्बन्धि १ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जगन्नाथ गाउँपालिकाका अध्यक्ष कालीबहादुर शाहीको अध्यक्षतामा संचालन गरिएको कार्यक्रममा राष्ट्रिय सूचना आयोगका आयुक्त कमला ओली प्रमुख आतिथ्यतामा उक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

गाउँपालिकाबाट जनताले हरेक सूचनाहरू छिटो र सजिलै पाउने उद्धेश्यले उक्त कार्यक्रमको आयोजना गरिएको थियो । अन्तरक्रियाको लागि राष्ट्रिय सूचना आयोगका सूचना आयुक्त ओलीले सहजिकरण गरेकि थिईन् ।

उनले सूचनाको हक सम्बन्धी आवश्यक प्रावधान, सुचना दिनुपर्ने कार्यालयको कर्तव्य र कानुनी बाधा र प्रक्रियाका विषयमा गाउँपालिकाका कर्मचारी, शिक्षक र जनप्रतिनिधिहरूलाई जानकारी गराएकी थिइन् ।ओलीले हरेक सूचनामा नागरिकको पहुँच सरल र सहज बनाउन गाउँपालिकालाई आग्रह समेत गरेकी थिइन् ।

कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष कालीबहादुर शाहीले सूचनाको हकबाट पालिका भित्रका नागरिकहरू कसैलाई पनि बञ्चित नगर्ने बताएका छन् । उनले गाउँपालिकाले सत्य, तत्थ सुचना सप्रेषण गर्ने बताए ।

Premier Steel Banner