टिकटक बन्द गर्ने सरकारको निर्णय

वि.सं.२०८० कात्तिक २७ सोमवार १३:५२
966
shares
shares

काठमाडौं, २७ कात्तिक । नेपाल सरकारले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको सरकारको प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । टिकटकबाट सामाजिक सद्भाव विगार्ने काम गरेकाले त्यसलाई बन्द गर्ने निर्णय गरिएको हो ।
‘सामाजिक सद्भाव बिग्रिन थालेकाले टिकटक बन्द गर्ने निर्णय भएको हो’, उनले भनिन्।