GBIME

फास्ट ट्रयाकमा बीमाको दायरा विस्तार हुँदै, सरकारको लक्ष्य ६ महिनामै पुरा

1.38K
shares

काठमाडौ, १९ वैशाख । बीमा समितिले बीमाको दायरा विस्तारको गतिविधि फास्ट ट्रयाकमा अघि बढाइ रहेको छ । नेपालमा बीमा व्यवसाय शुरु भएको करिब साढे ५ दशक पुरा हुँदा बल्ल बीमाको दायरा विस्तारले गति लिन थालेको हो ।

बीमा क्षेत्रको दायरा विस्तारमा सरकारले समेत उच्च प्राथमिकता राखेको छ । सरकारले लक्ष्य अनुसार बीमा समितिले यसको दायरा विस्तारमा आक्रमक गतिविधि बढाएपछि बीमा क्षेत्रले फास्ट ट्रयाकमा लय समातेको हो ।

बीमा समितिको तथ्यांक अनुसार पछिल्लो ७ वर्षमा जीवन बीमाको दायरा २७.३४ प्रतिशले बढेको छ । यो भनेको औसतमा वार्षिक करिब ४ प्रतिशतले वृद्धि भएको हो ।
समितिको तथ्यांक अनुसार आर्थिक वर्ष २०७२/७३ मा १० प्रतिशत मात्रै रहेको बीमा कभरेज चालु आर्थिक वर्ष २०७८/७९ को चैतसम्ममा ३७.३४ प्रतिशत पुगेको छ । यो म्यादी, लघु म्यादी र वैदेशिक रोजगार जीवन बीमा सहितको तथ्यांक हो ।

म्यादी, लघु म्यादी, र वैदेशिक रोजगार जीवन बीमा बाहेक चालु आर्थिक वर्षको चैतमसान्तसम्ममा बीमा कभरेज पनि ३४.५१ प्रतिशत रहेको समितिले जनाएको छ ।
बीमा समितिले बीमालेखको दोहोरो गणना (डुप्लीकेशन) हुनसक्ने भएकोले कूल बीमालेखको ५ प्रतिशत बीमालेख घटाएर जीवन बीमा कभरेजको तथ्यांक निकाल्ने गरेको छ ।
सरकारको लक्ष्य ६ महिनामै पुरा
सरकारले चालु आर्थिक वर्ष भित्रै बीमाको दायरा विस्तार गरी एक तिहाई जनसंख्यामा पहुँच पुर्याउने लक्ष्य राखेको थियो । तर सरकारले तोकेका समयावधी भन्दा पहिले नै समितिले बीमा दायरा विस्तारको लक्ष्य पुरा गरेको हो ।

सरकारले तोकिएको समयसीमा भन्दा ७ महिना पहिले नै अर्थात पुस महिनामै एक तिहाई जनसंख्यामा बीमा पहुँच पुर्याउन सफल भएको थियो । पुससम्ममा म्यादी र बैदेशिक रोजगार जीवन बीमालेख सहित ३४.९९ प्रतिशत पुगेको थियो ।
गत आर्थिक वर्षको अन्त्यसम्ममा हाल २७ प्रतिशत रहेको बीमाको पहुँच एक वर्षमा ६ प्रतिशतले बढाएर ३३.३३ प्रतिशत मात्रै पुर्याउने लक्ष्य सरकारले राखेको थियो ।
पछिल्लो समय म्यादी बीमालेखमा आकर्षण बढेपछि दायरा विस्तार थप सहयोग पुगेको बीमा समितिले जनाएको छ । जीवन बीमाको दायरामा प्रति व्यक्ति बीमालेख गणना गरिने भएकोले सामुहिक बीमालेखलाई प्रति व्यक्ति बीमालेखमा गणना गरिएकोले पनि दायरा विस्तार उल्लेख सुधार भएको समितिको भनाई छ ।

समितिले प्रदेश तथा स्थानिय सरकारसंग छलफलको कामलाई तिव्रता दिएसंगै दायरा विस्तारको लक्ष्य पूरा भएको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलको दाबी छ ।
‘हामीले सरकारको लक्ष्य पुरा गर्न प्रदेश तथा स्थानीय सरकारसँग छलफल तथा अन्तकृया कार्यक्रमलाई तीव्रता दिइरहेको छ । यसले गर्दा बीमाको दायरा विस्तारमा टेवा पुगेको छ,’ उनले भने ।

६२.६६ प्रतिशत जनसंख्या बीमा पहुँच बाहिर
बीमा क्षेत्रको नियामक निकायको रुपमा सरकारबाट २०२५ सालमा बीमा समिति स्थापना भएको हो । समितिले २०२६ साल जेष्ठ १ गतेको प्रथम बैठकबाट आफ्नो कार्य आरम्भ गरेको थियो । त्यस अनुसार बीमा समितिले आउँदो जेष्ठ १ गते ५४ औं वर्षिक उत्सव मनाउँदै छ ।
चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बीमाको दायरा ३७.३४ प्रतिशत जनसंख्यामा पुगेको छ । विगतमा भन्दा पछिल्लो समय बीमा क्षेत्रको पहुँच विस्तारले आक्रमक गति लिाइरहेको छ ।
तर पनि अझै ६२.६६ प्रतिशत जनसंख्या बीमा पहुँच पुग्न नसकेको बीमा समितिको तथ्यांक छ ।

Dhulikhel Eco Resort 1200*100