GBIME

आइएमई जनरलको इन्स्यारेन्सको सेयर लिलामी भर्ने म्याद थपियो

1.91K
shares

काठमाडौं, २० वैशाख । आइएमई जनरल इन्स्योरेन्स कम्पनीको लिलामी शेयरमा आवेदन दिने अवधि थप गरिएको छ ।

कम्पनीले यस अघि फागुन २२ गतेदेखि चैत १३ गतेसम्म हकप्रद शेयर विक्री खुला गर्दा वितरण हुन नसकेको संस्थापक तर्फको २ हजार २६१ कित्ता र सर्वसाधारण तर्फको ८८ हजार ९३४ कित्ता शेयर बैशाख १२ गते देखि लिलामीमा ल्याएको हो ।

वैशाख २० गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिने गरी लिलामीमा आएको यो शेयर वैशाख २० गते इदको सार्वजनिक बिदा परेकाले वैशाख २१ गतेसम्मको मिति तय गरिएको हो ।

यो शेयरको मूल्य प्रतिकित्ता रू। १०० तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ । बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्ताका लागि आवेदन दिन सक्नेछन् भने अधिकतम शेयर संख्याको लागि कुनै पनि हद नलाग्ने कम्पनीले जानकारी दिएको छ ।

Premier Steel Banner