Dhulikhel Eco Banner new

जीवन बीमा कम्पनीहरुले भने– पुँजीवृद्धिका लागि समय कम भयो

5.56K
shares

काठमाडौं, २२ वैशाख । जीवन बीमा कम्पनीहरुले पुँजीवृद्धिका लागि समय कम भएको बताएका छन् । नियमनकारी निकाय बीमा समितिसँगको छलफलमा जीवन बीमा कम्पनीहरुले एक वर्षमा पुँजी वृद्धि गरिस्क्न गाह्रो पर्ने बताएका हुन् ।

बीमा समितिले जीवन बीमा कम्पनीहरुका लागि ५ अर्ब रुपैयाँ पुँजी हुनुपर्ने व्यवस्था गरेको छ । यसका लागि एक महिनाभित्र पुँजी वृद्धिको योजना पेश गर्न र एक वर्षभित्र पुँजी वृद्धि गर्न बीमा समितिले निर्देशन दिएको थियो । बीमा समितिले जीवन बीमा कम्पनीका अध्यक्ष, प्रमुख शेयरधनी र प्रमुख कार्यकारी अधिकृतहरु छलफलमा सहभागी थिए । सहभागी धेरैले समय पर्याप्त नरहेको बताएका थिए ।

साथै पुँजी वृद्धिका लागि मर्जरमा प्राथमिकता राख्नु पर्ने समेत उनीहरुको जोड छ ।

‘बीमा कम्पनीहरुले आ–आफ्नो धारणा राख्नु भएको छ, अब हामीले आवश्यक निर्णय लिन्छौं’ बीमा समितिका एक अधिकारी भन्छन्, ‘पुँजी वृद्धि कसरी हुन्छ गर्नुपर्छ भन्ने हाम्रो बटम लाइन हो ।’

पुँजी वृद्धिका लागि मर्जरलाई जोड दिनुपर्ने बीमा समितिको धारण छ । बीमा कम्पनीका अनुभवी प्रमुख कार्यकारी अधिकृतहरु समेत हकप्रद शेयर दिएर नभई मर्जरलाई प्राथमिकतामा राख्नुपर्ने सुझाव दिएका छन् ।