Nepal Life Banner (End Date 5 Magh 2081)

एक वर्षभित्र पूँजी वृदि गर्नै पर्छ : अध्यक्ष सिलवाल

4.16K
shares

काठमाडौं, २२ वैशाख । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीहरूलाई एक वर्षभित्र पूँजी बृद्धि गर्नै पर्ने निर्देशन दिएका छन ।

समितिको आयोजनामा जीवन बीमा कम्पनीहरूसँग ‘बीमकको पूँजी बृद्धि तथा मर्जरसम्बन्धी अन्तरक्रिया कार्यक्रम’ अध्यक्ष सिलवालले बीमा कम्पनीहरूको चुक्ता पूँजी बृद्धिको निर्णय गरेर बीमा व्यवसायलाई व्यवस्थित, विकसित र नियमित गर्न खोजेको प्रष्ट पारे ।

लगानी अनुरुपको प्रतिफल दिन नसक्ने र समयमै दाबी भुक्तानी गर्न नसक्ने कम्पनीहरूले अस्वस्थ प्रतिस्पर्धा गरी व्यवसाय गर्नुभन्दा मर्जर वा प्राप्ती मार्फत पूँजी बृद्धि गर्नेतर्फ ध्यान दिनु उचित हुने उल्लेख गर्दै अध्यक्ष सिलवालले भने, “बीमा कम्पनीहरू मर्जरमा जानैपर्छ भन्ने होइन, तर मर्जर विकल्प हुनसक्छ भन्ने हो । सक्नेले पूँजी बढाउनुप¥यो । नसक्नेले आफू जस्तैसँग अरूसँग मर्जरमा जानुप¥यो । पूँजी बृद्धिका लागि सहजीकरण गर्न र मर्जरमा जानेलाई सक्ने जति सुविधा दिन समिति तयार छ ।”

पूँजी बृद्धिका लागि हकपद शेयरलाई प्राथमिकतामा नराख्न आग्रह गर्दै अध्यक्ष सिलवालले भने, “बीमा कम्पनीहरू व्यवसाय विस्तारका लागि स्थानीय तहसम्म पुग्नुप¥यो । अस्वस्थ प्रतिस्पर्धा त्यागेर स्वस्थ प्रतिस्पर्धा गर्नुप¥यो । सूचना प्रविधिमैत्री हुनुप¥यो । शाखा कार्यालयहरूलाई सुविधा सम्पन्न बनाउनुप¥यो । दाबी भुक्तानी समयमै हुनुप¥यो । लगानीको प्रतिफल पनि बढ्नु प¥यो ।”

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा कम्पनीहरूलाई पूँजी बृद्धिका लागि थप लगानी, बोनस शेयर, विदेशी साझेदारी, मर्जर वा प्राप्ति लगायतका विभिन्न विकल्प हुनसक्ने बताए ।