बराबर सेयर स्वाप रेसियो हुने गरी हिमालयन जनरल र एभरेष्ट इन्स्यारेन्स मर्जर
वि.सं.२०७९ वैशाख २३ शुक्रवार ०८:३८
shares
काठमाडौं । १ बराबर १ सेयर स्वाप रेसियो हुने गरी हिमालयन जनरल र एभरेष्ट इन्स्यारेन्स कमपनि लिमिटेडबीच मर्जर सम्झौता भएको छ ।
यो वीमा क्षेत्रको पहिलो सम्झौता हो । बीमा समितिले पूँजी वृद्धि योजना ल्याएका कारण यो कम्पनीहरु मर्ज भएका हुन् ।
बीमा समितिले जीवन बीमा कम्पनीहरुका लागि ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीहरुका लागि २ अर्ब ५० करोड रुपैयाँ पूँजी पुर्याउनु पर्ने व्यवस्था गरेको छ । पूँजी वृद्धिका लागि समितिले एक वर्षको समय दिएको छ । हाल जीवन बीमा कम्पनीहरुको २ अर्ब र निर्जिवन बीमा कम्पनीहरुको अर्ब रुपैयाँमात्रै चुक्ता पूँजी तोकिएको छ ।
मर्ज हुँदा समेत दुई कम्पनीको पूँजी २ अर्ब ४२ करोड ८१ लाख रुपैयाँमात्रै पुग्ने छ । अहिले हिमालयन जनरलको चुक्ता पूँजी १ अर्ब १७ करोड ३५ लाख रुपैयाँ र एभरेष्ट इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब २५ करोड ४६ लाख रुपैयाँ छ । चालु आर्थिक वर्षको मूनाफाबाट बोनस सेयर दिए पछि भने बीमा समितिले तोके अनुसारको पूँजी पुग्नेछ ।