Mangaldeep Aagarbatti
GBIME

महालक्ष्मी लाइफ इन्स्यारेन्सको साधारणसभा आज, मर्जर प्रस्ताव पारित गर्ने

1.89K
shares

काठमाडौं, २५ वैशाख । महालक्ष्मी लाइफ इन्स्यारेन्स कम्पनीको विशेष साधारण सभा आज बस्दैछ ।

महालक्ष्मीले पुँजी वृद्धि योजना समितिमा पेश गरेसँगै कार्य योजनामा समितिमा बिस्तृत छलफल पछि छिटो कार्यान्वयनको लागि ८ गते साझ संचालक समितिको बैठकले बिशेष साधारण सभा गर्ने निर्णय गर्दै वैशाख २५ गतेको लागि विशेष साभारणसभा बोलाएको हो ।

विशेष साधारणसभा कम्पनीको पुँजी वृद्धि गरि अधिकृत पुँजी ५ अर्ब र जारी पुँजी ३ अर्ब पुर्याउने र सोही अनुसार प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव रहेको छ ।

यस्तै कान्छो जीवन बिमा कम्पनीको रूपमा रहेको महालक्ष्मी लाइफले सार्वजनिक निस्कासन आइपीओ निश्कासन गर्न बाँकी रहेकोले आइपीओ निष्कासन गर्ने प्रस्ताव पनि विशेष साधारणसभामा लैजाने भएको छ ।

यस्तै मर्जरको लागि छलफल चलिरहेकोले उपयुक्त पार्टनरसँग मर्जरको लागि सहमति गर्ने अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव समितिमा पेश गरेको छ ।

National life Banner