GBIME

मर्जरका लागि पार्टनर खोज्दै महालक्ष्मी, सापकोटाको संयोजकत्वमा समिति गठन

2.08K
shares

काठमाडौं, २५ वैशाख । महालक्ष्मी लाइफ इन्स्यारेन्स कम्पनीले मर्जर तथा एक्विजिशनका लागि पार्टनर खोजी सुरु गरेको छ । आइतबार सम्पन्न विशेष साधारणसभाले मर्जरका लागि सञ्चालक समितिलाई अख्तियारी दिने निर्णय गरेको छ ।

विशेष साधारणसभा पछि बसेको ५८ औं बोर्ड बैठकले मर्जरका लागि समिति गठन समेत गरेको छ । मर्जर समितिको संयोजकमा सञ्चालक सुरेश सापकोटा तोकिएका छन् । समितिको सदस्यहरुमा अर्का सञ्चालक उमेशलाल श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराई तोकिएका छन् ।

Dhulikhel Eco Resort 1200*100