पाँच वर्षमा व्यवसाय दोब्बरले वृद्धि गर्ने योजनाका साथ काम गर्नुस् : अध्यक्ष सिलवाल

504
shares

काठमाडौं, ५ माघ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले निश्चित योजनाका साथ अघि बढ्न बीमा कम्पनीहरुलाई निर्देशकन दिएका छन् । प्राधिकरणको कार्यालय कुपण्डोलमा निर्जीवन बीमकसँग भएको बीमा अभिकर्ता व्यवस्थापन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष सिलालाले अर्काको नक्कन गर्नेभन्दा पनि नयाँ योजनाका साथ आउन कम्पनीहरुलाई निर्देशन दिएका हुन् ।

‘पाँच वर्षभित्र बीमा व्यवसाय दोब्बरले वृद्धि गर्ने योजनाका साथ काम गर्न गर्नुहोस् एक अर्काको बीमालेखको नक्कल नगरी नयाँ बीमालेख ल्याउनुहोस् अस्वस्थ प्रतिस्पर्धाको अन्त्य गर्नुहोस्,’ अध्यक्ष सिलवालले भने । बीमा अभिकर्ता छान्दा कम्पनीलाई ध्यान दिन पनि उनले आग्रह गरे । बीमा क्षेत्रका विषयमा बुझेको र व्यवसायका बारे जानकार भएको व्यक्तिलाई बीमा अभिकर्ता नियुक्त गर्नु पर्ने उनको भनाइ थियो ।

परिणानात्मकभन्दा पनि गुणात्मकतामा वृद्धि गर्नका लागि पनि कम्पनीले ध्यान दिनु पर्ने आवश्यकता रहेको उनले बताए । पोखरामा भएको भएको बिमान दुर्घटनाको बीमा दाबी भुक्तानीमा समेत कुनै समस्या नरहेको अध्यक्ष सिलवाको भनाइ थियो । त्यस्तै ठूला जलविद्युत आयोजना लगायत ठूला किसिमका संरचनाहरुको बीमा गराउनका लागि पनि बीमा कम्पनीहरुले प्रयास गर्नु पर्ने उनले बताए ।

बीमा ऐनमा व्यवस्था भए बमोजिम एक बीमक, एक बीमा अभिकर्ता गर्नका लागि नदोहोरिने गरी प्रविधिमैत्री किसिमले बीमा अभिकर्ताको व्यवस्थापन गर्न लागिएको प्राधिकरणका कार्यकारी निर्देशक तथा प्रवक्ता राजुरमण पौडेलले जानकारी दिए । नेपाल बीमा प्राधिकरणका निर्देशक कमल प्रसाद रेग्मीले प्राधिकरणले आफ्ना काम कारवाहीलाई प्रविधिमैत्री बनाउन जोड दिँदै आएको बताए ।


franklin 1200*150