GBIME

पुनर्बीमा कम्पनीको नाफा ३८.८३ प्रतिशतले घट्यो

1.71K
shares

काठमाडौं, १ वैशाख । नेपाल पुनर्बीमा कम्पनीको नाफा ३८.८३ प्रतिशतले घटेको छ । कम्पनीले प्रकाशित गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार कम्पनीले २४ करोड १८ हजार रूपैयाँ खुद नाफा कमाएको छ ।

कम्पनीले यस अवधिमा निर्जीवन बीमा व्यवसाय १६ करोड ४९ लाख ३१ हजार रूपैयाँ र जीवन बीमा व्यवसाय ७ करोड ५० लाख ८७ हजार रूपैयाँ गरी सो बराबरको खुद नाफा आर्जन गरेको हो ।
गत आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले निर्जीवन बीमा व्यवसायबाट ३३ करोड ७८ लाख ६४ हजार रूपैयाँ र जीवन बीमा व्यवसायबाट ५ करोड ४५ लाख रूपैयाँ गरी ३९ करोड २३ लाख ६४ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २ अर्ब ४९ करोड ८४ लाख ८९ हजार रूपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । कम्पनीले निर्जीवन व्यवसायबाट २ अर्ब १२ करोड ६९ लाख २४ हजार रुपैयाँ र जीवन बीमा व्यवसायबाट ३७ करोड १५ लाख ६५ हजार रूपैयाँ गरी सो बराबरको बीमाशुल्क संकलन गरेको हो । जुन गत आवको यसै अवधिको तुलनामा ७.०२ प्रतिशतले बढेको हो ।

 

Premier Steel Banner