GBIME

बीमा कम्पनीको चुक्ता पुँजी पुर्‍याउने समय घर्किदै, मर्जरबाट पनि पुग्दैन केही कम्पनीको चुक्ता पुँजी

मर्जरमा जाँदा पनि अपुग भए राइट शेयर निष्काश गर्न दिन्छौँ : अध्यक्ष सिलवाल

1.87K
shares

काठमाडौं, १२ चैत । बीमा कम्पनीहरुलाई बीमा प्राधिकरणले पुँजी वृद्धि गर्नका लागि दिएको समय सीमा सकिन १८ दिन मात्रै बाँकी रहेको छ । प्राधिकरणले बीमा कम्पनीहरुलाई पुँजी वृद्धिका लागि चैत मसान्तसम्मको समय सीमा तोकेको थियो । पुँजी वृद्धिका लागि तोकिएको समय सकिनै लाग्दा पनि कतिपय कम्पनीहरुले तोकेको चुक्ता पुँजी पुर्‍याउन सकेका छैनन् ।

तोकिएको चुक्ता पुँजी पुर्‍याउनु पर्ने र त्यसका लागि मर्जरमा जान कम्पनीहरुलाई बीमा प्राधिकरणले गत वर्षको चैतमा नै निर्देशन दिएको थियो । यो एक वर्षको अवधिमा धेरै बीमा कम्पनीहरु मर्जरमा गरेका छन् । मर्जरमा गएका केही कम्पनीको पनि पुँजी नपुग्ने देखिन्छ ।

मर्जर भए पनि कम्पनीहरुको चुक्ता पुँजी भने बीमा प्राधिकरणले तोके जति पुग्न सकेको छैन । मर्जर गरेर पनि चुक्ता पुँजी पुर्‍याउन नसकेको खण्डमा ३० प्रतिशतसम्म हकप्रद जारी गर्न दिने प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालको भनाइ छ । केही प्रयास गनरेका कम्पनीलाई एक तिहाई सम्म राइट शेयर निष्काशन गर्न दिने तर कुनै पनि प्रयास नगरेका कम्पनीलाई भने कारबाही हुन्छ,’ उनले भने । पुँजी वृद्धिका लागि कुनै पनि काम नगर्ने र नपुर्‍याउने कम्पनीलाई भने कारबाहीको भागि हुनु पर्ने उनको भनाइ थियो ।

चैत मसान्तसम्म मर्जर नगरेका र पुँजी पनि नपुर्‍याउने कम्पनीलाई के हुन्छ भन्ने प्रश्नमा प्राधिकरणलाई नटेर्ने कम्पनीकाहरुलाई कडा कारबाही गरिने अध्यक्ष सिलवालको भनाइ छ ।
प्राधिकरणले निर्जीवन बीमा कम्पनीका लागि साढे २ अर्ब र जीवन बीमा कम्पनीका लागि छ अर्बको चुक्ता पुँजी पुर्‍याउन गत वर्षको चैतमा नै निर्देशन दिएको थियो । अहिलेसम्म सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनी र राष्ट्रिय बीमा संस्थानको पनि पुँजी पुगेको छैन् ।

सरकारी कम्पनी भएकाले पुँजी वृद्धिका लागि यी कम्पनीले अर्थ मन्त्रालयमा प्रस्ताव पेश गरेका छन् । यी कम्पनीहरुले पनि समयमै पुँजी नपुर्‍याए कारबाहीमा पर्ने प्राधिकरणले जनाएको छ । विदेशी लगानीका नेशनल लाइफ इन्स्योरेन्स, मेटलाइफ र ओरियन्टल इन्स्योरेन्स रहेका छन् । अन्य कम्पनी निजी हुन ।

अहिलेसम्म हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्स कम्पनी मर्ज भएर हिमालयन एभरेष्ट इन्स्योरेन्स बनेको अवस्था छ । दुई कम्पनी मर्ज भएर साउनमै एकीकृत कारोबार सुरु गरिसकेको छन् । दुई कम्पनी मिलेर बनेको कम्पनीको चुक्ता पुँजी २ अर्ब २८ करोड रुपैयाँ रहेको छ । उनीहरुको चुक्ता पुँजी पुग्ने देखिन्छ । यस्तै तीनवटा जीवन बीमा कम्पनी प्राइम, गुराँस र युनियन लाइफ इन्स्योरेन्स मिलेर बन्ने कम्पनीको चुक्ता पुँजी करिब ८ अर्ब पुग्ने छ । यो कम्पनीले पनि चुक्ता पुँजी पुर्‍याउन सफल हुने छ । सूर्यलाइफ र ज्योति लाइफ मिलेर सूर्यज्योति लाइफ इन्स्योरेन्स बनेको छ । मर्ज भएको कम्पनीले पुस ७ गते एकीकृत कारोबार सुरु गरेको थियो । हाल यसको चुक्ता पुँजी ४ अर्ब ५४ करोड रुपैयाँ छ । मर्जरबाट नपुगेको बाँकी पुँजी हकप्रद शेयर जारी गरेर पुर्‍याउने कम्पनीले जनाएको छ । कम्पनीलाई ४५ करोड ४४ लाख रुपैयाँ पुँजी अपुग रहेको छ ।

यस्तै रिलायन्स लाइफ र सानिमा लाइफ इन्स्योरेन्स मिलेर सानिमा रिलायन्स लाइफ बनेको छ । चैत ९ गते एकीकृत कारोबार सुरु गरेका छन् । दुई कम्पनी मर्जर पछि ४ अर्ब ८० करोड रुपैयाँ चुक्ता पुँजी पुगेको छ । कम्पनीले केही पुँजी भने पुर्‍याउनु पर्ने छ । यही चैत ३० गतेदेखि एकीकृत कारोबारको तयारीमा रहेका महालक्ष्मी लाइफ र प्रभु लाइफको पनि प्राधिकरणले तोकेको पुँजीमा अपुग नै हुने छ । यी दुई कम्पनी मिल्दा ४ अर्ब चुक्ता पुँजी पुग्ने छ । कम्पनीको करिब १ अर्ब रुपैयाँ अपुग देखिन्छ । त्यस्तै प्रिमियर र सिद्धार्थ इन्स्योरेन्स गाभिएर सिद्धार्थ प्रिमियर बनेको छ । यी दुई कम्पनीको चुक्ता पँजी २ अर्ब ८० करोड रुपैयाँ कायम हुने छ । यो कम्पनीले पनि चुक्ता पुँजी पु¥याउनका लागि केही रकम थप्नु पर्ने देखिन्छ ।

सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्स गाभिएर सगरमाथा लुम्बिनी इन्स्योरेन्स नाममा फागुन २९ गते एकीकृत कारोबार सुरु गरेको छ । यसको भने पुँजी पुग्ने देखिन्छ । सानिमा जनरल र जनरल इन्स्योरेन्स मिलेर सानिमा जीआईसी बनेको छ । यी निर्जीवन बीमा कम्पनीले कात्तिक ७ गते एकीकृत कारोबार गरेको थियो । युनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्स गाभिएर युनाइटेड अजोड बनेको छ । युनाइटेडको १ अर्ब २ करोड र अजोडको १ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको छ । आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेनसलाई बीमा प्राधिकरणले फागुन २७ गते मर्जको अन्तिम स्वीकृति दिएको छ । यी दुई निर्जीवन बीमा कम्पनी गाभिएर आइजीआई प्रुडेन्सियलको नामबाट कारोबार हुने सम्झौता भइसकेको छ । यिनीहरुले चैत २२ गते विशेष साधारणसभा गर्दैछन् ।

जीवन बीमा कम्पनी तर्फ राष्ट्रिय बीमा संस्थानको ४ अर्ब ८१ करोड रुपैयाँ भन्दा बढी पुँजी अपुग रेको छ । त्यस्तै नेशनल लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी ३५ करोड अपुग रहेको छ । त्यस्तै लाइफ इन्स्योरेन्स कर्पोरेशनले २ अर्ब ३४ करोड बढी, एशिएन लाइफले २ अर्ब बढी, आइएमई लाइफको २ अर्ब २० करोड र सन नेपाल लाइफको २ अर्ब ७६ करोड पुँजी अपुग छ । त्यस्तै रिलायबल लाइफको २ अर्ब बढी र सिटिजन लाइफको पनि २ अर्ब ३७ करोड बढी पुँजी अपुग रहेको छ ।

 

Dhulikhel Eco Resort 1200*100