Nepal Life Banner (End Date 5 Magh 2081)

बीमा कम्पनीमा पहिलो बिग मर्जर : प्राइमको नेतृत्वमा अगाडि बढ्यो छलफल

7.57K
shares

काठमाडौं । बीमा समितिले पुँजी वृद्धिको योजना ल्याएसँगै मर्जरका लागि छलफल अघि बढेको छ । धेरै जसो कम्पनीहरु म्र्जरका लागि सकारात्मक छैनन् । तर तीन वटा जीवन बीमा कम्पनीहरुले भने मर्जरका सकारात्मक देखिएका छन् ।

प्राइम लाइफ इन्स्यारेन्स, युनियन लाइफ इन्स्यारेन्स र गुराँस लाइफ इन्स्यारेन्सबीच मर्जरका लागि छलफल अघि बढेको छ । यी तीन वटकै कम्पनीहरु मर्जरमा जान सकारात्मक देखिएका छन् । श्रोतका अनुसार तीन कम्पनीहरुबीच मर्जरका विषयमा प्रारम्भिक चरणको छलफल समेत भइसेको छ ।

छलफलमा प्राइम लाइफको नेतृत्वमा मर्जरमा जाने विषयमा तीन वटै कम्पनी तयार छन् । यसलाई मुर्त रुप दिन छलफल चलिरहेको प्राइम लाइफ निकट श्रोतले बताएको छ । ‘बीमा समितिले मर्जरको योजना ल्याएपछि हामीले छलफल अघि बढाएका हौं, अब अहिले नै मर्जर भइहाल्ने कन्फर्म छैन तर कुरा भने अघि बढिसकेको छ’ श्रोतले भन्यो, ‘कुरा मिल्यो भने चाडैं हामी एमओयू गरिहाल्छौँ ।’

यी तीन कम्पनीहरुबीच मर्जरको विषयमा छलफल भएपनि अन्य कम्पनीहरुले भने मर्जरका लागि धेरै चासो देखाएका छैनन । खासगरी धेरै कम्पनीहरु व्यवसायिक घरानाका छन् । व्यवसायिक घरानाका बीमा कम्पनीहरु मर्जरमा जान चाहदैनन् । जस्तो आईएमई, प्रभु जस्ता व्यवसायिक समूहका कम्पनीहरु मर्जरमा गए आफ्नो अस्तित्व सकिने भन्दै मर्जरमा जाने पक्षमा सकारात्मक देखिएका छैनन् ।

बीमा समिति आफैले पनि मर्जरलाई नै फोकस भने गरेको छैन । बीमा समितिका अध्यक्ष सूर्य सिलवालले जसरी भए पनि कम्पनीहरुले पुँजी पुर्याउनु पर्ने नत्र मर्जरमा जानु पर्ने बताउदै आएका छन् । बीमा क्षेत्रका जानकारहरु भने हकप्रद वा बोनस सेयर दिएनर नभइ मर्जरबाटै मपुँजी पुर्याउदा कम्पनीहरुलाई राम्रूो हुने बताउछन् ।