GBIME
Machhapuchhre

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सद्धारा भुकम्प पिडितको राहतका लागि १० लाख प्रदान

3.07K
shares
NCHL Banner

काठमाडौं, २४ कात्तिक । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले भुकम्प पिडितको राहतका लागि १० लाख प्रदान गरेको छ । उक्त घटनाबाट ठुलो जनधनको क्षति भएकोले खोजि, उद्धार, राहत लगायत पुनर्स्थापना कार्यका लागि प्रभु महालक्ष्मीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवि प्रकोप सहायता कोषमा १० लाख प्रदान गरेको हो ।

१७ गते राति जाजरकोट केन्द्र विन्दु भइ गएको ६।४ रेक्टर स्केलको भुकम्पमा परि ज्यान गुमाएका व्यक्तिहरुमा आत्माको चिरशान्तिको कामना गर्दै कम्पनीले उक्त घटनामा परी घाइते हुनेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।