GBIME

सगरमाथा इन्स्योरेन्सले २१.०५ % लाभांश दिने

1.76K
shares

काठमाडौं । सगरमाथा इन्स्योरेन्सले सेयर धनीहरुलाई लाभांश दिने प्रस्ताव गरेको छ ।
कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले २१।०५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७७(०७८ को मुनाफाबाट २० प्रतिशत बोनस र कर प्रयोजनको लागि १।०५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
यो प्रस्ताव बीमा समितिले पनि स्वीकृती गरिसकेको छ । अब यो प्रस्ताव वैशाख २८ गते बोलाइएको साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।

Premier Steel Banner