बीमा गर्दा के–के फाइदा हुन्छ ?

वि.सं.२०८१ जेठ २७ आइतवार ०६:००
shares

काठमाडौं, २७ जेठ । वित्तीय साक्षरता अन्तर्गत अघिल्लो श्रीङ्खलामा मोटरबीमाका विषयमा जानकारी दिइएको थियो । यस पटकको श्रीङ्खलामा बीमा गर्दाका फाइदाका विषयमा चर्चा गरेका छौँ । बीमा भनेको कसैको ज्यान वा सम्पत्तिको नोक्सानी हुँदा दिने आर्थिक सुरक्षा र जिम्मेवारी हो । बीमा जोखिम हस्तान्तरण गर्ने एउटा प्रक्रिया हो ।
बीमा गर्दाका फाइदाहरु :
बीमा गर्दा भविष्यमा आइपर्ने संकटको बेलामा आर्थिक सुरक्षा हुने भएकाले बीमाको प्रयोगले कुनै पनि अकल्पनीय घटनाबाट जोखिम मुक्त हुन सकिन्छ ।
जीवन बीमा गर्दा बीमितको तोकिएको समय अवधिभित्रै मृत्यु भएमा परिवारले रकम पाउने हुनाले परिवारमा आर्थिक समस्या कम हुन्छ ।
आयकर ऐन अनुसार बीमा गरेमा २५ हजार रूपैयाँसम्मको आयमा कर छुट हुने व्यवस्था छ ।
२ वर्षको बीमाशुल्क भुक्तानी गरिसकेपछि सो बीमालेखबाट सो अवधिसम्मको सम्पूर्ण मूल्यको ९० प्रतिशतसम्म बीमा कम्पनीबाट ऋण सुविधा प्राप्त गर्न सकिन्छ ।
बीमा गरिसकेपछि सम्पत्ति हराउने, नाश हुने, चोरी हुने, आगलागी हुने वा अन्य त्यस्तै चिन्ताबाट मुक्त हुन सकिन्छ ।