आईजीआई प्रुडेन्सियल इन्सोरेन्स लि र केयर मेडिकल सेन्टर प्राइभेट लि बिच नगद रहित ( क्यासलेस) सेवा सम्झौता
वि.सं.२०८१ असार २० बिहीवार ११:३९
shares
काठमाडौं, २० असार । आईजीआई प्रुडेन्सियल इन्सोरेन्स लिमिटेड र जनकपुरको पिडारी चोकमा रहेको केयर मेडिकल सेन्टर प्राइभेट लिमिटेड बिच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी शरण रेग्मी र केयर मेडिकल सेन्टर प्राइभेट लिमिटेडका संचालक राहुल सिंघानियाले हस्ताक्षर गरेका छन् । यस सम्झौता पश्चात् आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बिमा सेवा खरिद गर्ने ग्राहक महानुभावहरूको बीमालेखको सिमासम्म केयर मेडिकल सेल्टर प्राइभेट लिमिटेडबाट नगद रहित हस्पिटलाईजेशस (क्यासलेस हस्पिटलाईजेसन) प्राप्त गर्न सकिनेछ ।
साथै, सोही अवसरमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीले केयर मेडिकल सेन्टर प्राइभेट लिमिटेडले आफ्ना ग्राहक महानुभावहरूलाई आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडसँग औषधोपचार बीमालेख खरिद गरी अस्पतालसँग बीमालेखको सीमासम्म नगद रहित हस्पिटलाईजेशस (क्यासलेस हस्पिटलाईजेसन) सेवा लिन उत्प्रेरित गर्ने अपेक्षा राख्दै अस्पताल र अस्पतालसँग आबद्ध सदस्य महानुभावहरूलाई औषधोपचार लगायत आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बिमा सेवा आइजीआई पुडेन्सियल इन्स्योरेन्स लिमिटेडबाट प्राप्त गर्नसक्ने हुनाले ढुक्क भएर सेवा लिन आव्हान गरेका छन् ।