महालक्ष्मी लाइफले बुझायो मर्जरसहितकाे पुँजीवृद्धि योजना, साधारणसभा आह्वान
वि.सं.२०७९ वैशाख ९ शुक्रवार ०७:४९
shares
काठमाडौं, ९ वैशाख । महालक्ष्मी लाइफ इन्स्योरेन्सले बिमा समितिले तोकेको न्युनतम चुक्ता पुँजी मर्जरबाट पूरा गर्ने भईको छ । बिमा समितिले गत चैतमा बिमा कम्पनीको न्युनतम चुक्ता पुँजी वृद्धि गरेर जीवन बिमाको २ अर्बबाट ५ अर्ब निर्जिवन बिमा कम्पनीको १ अर्बबाट साढे २ अर्ब पुर्याउँदै सबै कम्पनीलाई पुँजी वृद्धि योजना १ महिनाभित्र पेश गर्न निर्देशन दिएको थियो । जस अनुसार कम्पनीले मर्जरबाट नै पुँजी गर्ने योजना बिमा समितिमा पेश गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले बताए ।
महालक्ष्मी लाईफ ईन्स्योरेन्सको पुँजीवृद्धि योजना बैसाख ८ गते बीमा समितिमा पेश भएको छ। १३० करोड जनसंख्या भएको भारतमा २४ वटा जीवन र २३ वटा निर्जवन रहेको छ । ३ करोड जनसंख्या रहेको नेपालमा १९ वटा जीवन र २० वटा निर्जिवन बिमा कम्पनी धेरै नै हो । बिमा कम्पनीलाई जाेखिमका आधारमा पुजींगत रुपमा बलियो बनाउन, संचालन खर्च कम गरि प्रतिफलमुखि बनाउन, स्वस्थ प्रतिस्पर्धा गराउन र दक्ष जनशक्ति मार्फत गुरस्तरिय सेवा प्रदान गर्न गराउन जीवन र निर्जिवन दुबैलाई १०/१० वटाको संख्याभित्र ल्याउन जरुरि छ र यस्को लागि मर्जर नै उत्तम बिकल्प हो । फोर्स मर्जरको लागि र नया कम्पनिको लाईसेन्स रोक्न पुजीं बृध्दि नै प्रभावकारी टुल्स वा साधन हो ।
महालक्ष्मीले पुँजी वृद्धि योजना समितिमा पेश गरेसँगैकार्य योजनामा समितिमा बिस्तृत छलफल पछि छिटो कार्यान्वयनको लागि ८ गते साझ संचालक समितिको बैठकले बिशेष साधारण सभा गर्ने निर्णय गर्दै वैशाख २५ गतेको लागि विशेष साभारणसभा बोलाएको छ । विशेष साधारणसभा कम्पनीको पुँजी वृद्धि गरि अधिकृत पुँजी ५ अर्ब र जारी पुँजी ३ अर्ब पुर्याउने र सोही अनुसार प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव रहेको छ ।
यस्तै कान्छो जीवन बिमा कम्पनीको रूपमा रहेको महालक्ष्मी लाइफले सार्वजनिक निस्कासन (आइपीओ) निश्कासन गर्न बाँकी रहेकोले आइपीओ निष्कमसन गर्ने प्रस्ताव पनि विशेष साधारणसभामा लैजाने भएको छ । यस्तै मर्जरको लागि छलफल चलिरहेकोले उपयुक्त पार्टनरसँग मर्जरको लागि सहमति गर्ने अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव समितिमा पेश गरेको छ ।
आजको आवश्यकता र बीमा समितिको चाहना बुझेर महालक्ष्मी लाईफ ईन्स्योरेन्सले मर्जरसँगै स्पष्ट कार्य योजना र रोडम्याप सहितको पुँजी वृद्धि योजना बैसाख ८ गते बीमा समितिमा बुझाएको उनले बताए ।
कम्पनीको ३/४ वटा जीवन बीमा कम्पनीहरुसँग मर्जरको लागि अनौपचारिक छलफल पस्चात मर्जरको संभावनालाई लिएर पुँजी वृद्धि योजनाको रोड म्याप अनुसार सुचना प्रकाशित गरिएको महालक्ष्मी लाइफका प्रमुख कार्यकारी अधिकृत भट्टराईले बताए ।