इञ्जिनीयरिङ्ग बीमा दरसम्बन्धी निर्देशिका स्थगन गर्ने निर्णय
वि.सं.२०७९ वैशाख १२ सोमवार २२:४२
shares
काठमाडौं, १२ वैशाख । इञ्जिनीयरिङ्ग बीमा दरसम्बन्धी निर्देशिका, २०७८ स्थगन हुने भएको छ । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले समितिबाट जारी उक्त निर्देशन तत्कालका लागि स्थगन गर्ने बताएका हुन् ।
बीमा समितिको आयोजनामा सोमबार काठमाडौंमा निर्माण व्यवसायी महासङ्घ, स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल लगायत विभिन्न सरोकारवालाहरूसँग भएको इञ्जिनीयरिङ्ग बीमा दरसम्बन्धी छलफल कार्यक्रममा अध्यक्ष सिलवालले त्यस्तो जानकारी दिए ।
बीमा समितिबाट मिति २०७८ साल असोज ६ गते जारी भएको इञ्जिनीयरिङ्ग बीमा सम्बन्धी निर्देशिका हाललाई स्थगन गरी यस सम्बन्धमा सुझाव सहितको प्रतिवेदन बुझाउन बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलको संयोजकत्वमा एक उपसमिति गठन गर्ने निर्णय भएको छ ।