रुसद्वारा युक्रेनमा ३० जना भाडाका सैनिक मारेको दाबी

वि.सं.२०७९ वैशाख २ शुक्रवार १७:१३
960
shares
shares

मस्को, २ बैशाख,
रुसले शुक्रबार युद्धग्रस्त देशको उत्तरपूर्वी क्षेत्र खार्किभमा युक्रेनी सेनाका लागि लडिरहेका पोल्याण्डका ३० जना भाडाका सैनिक मारेको दाबी गरेको छ।
रुसी रक्षा मन्त्रालयले आफ्नो रणनीतिक रकेट सेनाले खार्किभ शहरबाट टाढा रहेको इज्युमस्कोई गाउँमा गरेको आक्रमणमा ३० जना भाडाका सैनिकहरूलाई मारेको बताएको छ।