‘बजारमा पैसा आउँदैछ, अब सेयर बजार बढ्छ’
वि.सं.२०७९ वैशाख ७ बुधवार १८:३८
shares
पछिल्लो समय सेयर बजार लगातार घट्ने क्रममा छ । बजार लगातार घट्दा लगानीकर्ताहरु त्रसित बनेका छन । नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल बजार घटाउने क्रम धितोपत्र बोर्डको निर्णयबाट नै सुरु भएको बताउछिन । बोर्डले ६ महिना अघि ५१ वटा कम्पनीहरुको लिस्ट नै सार्वजनिक गरेर लगानीकर्ताका लागि जोखिमयुक्त कम्पनी भएको बताएको थियो ।
यो निर्णय पछि नै बजार घट्ने क्रम सुरु भएको उनको भनाइ छ । त्यसपछि राष्ट्र बैंकले गरेका निर्णयले पनि बजारलाई असर गरेको उनले बताइन् । अहिले भने बैंकिङ क्षेत्रमा लगानी योग्य तरलताको अभावका कारण असर परेको उनको बुझाई छ । यसै सन्दर्भमा केटिएम भ्वाइसकर्मी युकला पौडेलले अध्यक्ष पोखरेलसँग गरिएको कुराकानीको सम्पादित अंशः
सेयर बजारको पछिल्लो अवस्थाबारे संक्षेपमा बताइदिनोस न ।
सेयर बजारको वर्तमान अवस्थाबारे भन्नुपर्दा हामी सबैलाई थाहाँ छ, लगातार ६ महिनादेखि बजार ओरालो यात्रामा छ । बजार घटाउन सुरु गर्नेमा पुँजी बजारको नियमनकारी निकाय धितोपत्र बोर्ड आफै देखियो । सबैभन्दा पहिले बोर्डले ५१ वटा कम्पनीको नाम नै तोकेर लगानीकर्तालाई त्रसित बनाउने काम गर्यो । त्यसपछि राष्ट्र बैंकले कहिले सेयर धितो राखेर ऋण कारेबार गर्ने कडाई गर्ने कहिले के निर्णय गर्ने लगायतले गर्दा अहिलेसम्म बजार ओरालो यात्रामै छ ।
अहिले पनि बजार घट्ने क्रममा नै देखिन्छ, यसको कारण के हुनसक्छ ?
अहिले बजार घट्नुुको मुुख्य कारण नै लिक्युुडिटी नै हो । पैसा एकदमै टाइट छ बजारमा । पैसा छैन त्यसले गर्दा घटिराको हो ।
स्थानीय तहको चुनाव पनि नजिकिएको छ, चुनावले बजारलाई कस्तो असर गर्ला ?
चुुनावी वर्षहरुमा चै जहिले पनि बजार बढिरहेको हुुन्छ । यसकारण पनि अब बढ३छ भन्ने अनुमान थियो । लगानीकर्ताहरु बजार एक किसिमले ढुक्क थिए । तर बैंकिङ क्षेत्रमा लगानी योग्य रकमको अभाव देखियो । तरलता अभाव हुँदा बजारलाई नकरात्मक असर पर्ने नै भयो । अब भने बजारमा विस्तारै पैसा आउदैछ । विदेशबाट आउने अनुदान सहयोगहरु पनि आउदैछन । अब भने बजार उकालो लाग्छ भन्ने आशा गर्न सकिन्छ ।
तपाई अनुभवी लगानीकर्ता र लगानीकर्ताहरुको पनि नेतृत्व गरिरहनु भएको नाताले आम लगानीकर्ताहरुलाई कस्तो सुझाव दिन चाहानुहुन्छ ?
लगानीकर्ताहरुले चै अब बजारमा प्रवेश गर्नुु अगाडी आफुुले ध्यान दिएर लगानी गर्नुुपर्यो बजार सधै बढ्दैन बजार घट्छ पनि र भोलि बजार घट्दा आफूूलाई कत्तिको जोखिम हुुन्छ ? आफुुले लगानी गरेको पैसा बचत गर्ने हो की लोन खोजेर लिएको पैसा हो की ? या थोरै समयको लागि मात्रै एसो लगानी गरौ भनेर लिएको हो की ? त्यो चै आफुुले विचार गरेर मात्रै लगानी गर्नुु पर्छ ।
लगानी गरिसकेपछि आफुुले आत्तिने गर्नुुभएन किनभने आत्तिने हुुदाखेरि बीचमा फेरि घाटामै पनि बेचेर निस्किनुु पर्ने हुुन्छ । त्यसले गर्दा लगानीकर्ताहरुले आफुुले लगानी गर्ने कम्पनीको बारेमा एकदम बुुजेर बजार के कस्तो अवस्थामा छ बुुजेर मात्र म लगानी गर्न आग्रह गर्छुु ।