प्रतितोला २ हजार ८ सयले घट्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?
वि.सं.२०८३ जेठ १० आइतवार ११:००
3.91K
shares
shares

काठमाडौं, १० जेठ । स्थानीय बजारमा आइतवार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतवार सुनको मूल्य २ हजार ८ सयले घटेको हो ।
महासंघका अनुसार शुक्रवार प्रतितोला २ लाख ९३ हजार ७ सयमा कारोबार भएको सुन आइतवार घटेर प्रतितोला २ लाख ९० हजार ९ सयमा कायम भएको छ ।
त्यसैगरी, आइतवार चाँदीको मूल्य पनि १०५ रुपैयाँले घटेको छ । शुक्रवार प्रतितोला ५ हजार १ सय १५ रुपैयाँमा कायम भएको चाँदी आइतवार ५ हजार १० रुपैयाँमा कायम भएको हो ।
















