Dhulikhel Eco Banner new

बाह्य क्षेत्र झन् बलियो, १० महिनामा शोधनान्तर बचत ८ खर्ब ६३ अर्ब नाघ्यो

1.18K
shares

काठमाडौं, २६ जेठ । नेपालको बाह्य क्षेत्रका प्रमुख सूचकहरूमा उल्लेखनीय सुधार देखिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको १० महिनामा चालु खाता ७ खर्ब २९ अर्ब २८ करोड रुपैयाँ बचतमा रहेको छ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा चालु खाता २ खर्ब ७२ अर्ब ५३ करोड रुपैयाँ बचतमा रहेको थियो। यससँगै चालु खाता बचतमा झन्डै तीन गुणाले वृद्धि भएको देखिएको छ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब १ करोड डलर बचतमा रहेको चालु खाता समीक्षा अवधिमा ५ अर्ब ५ करोड डलर बचतमा पुगेको छ।

समीक्षा अवधिमा खुद पुँजीगत हस्तान्तरण १४ अर्ब ६५ करोड रुपैयाँ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो हस्तान्तरण ८ अर्ब ४८ करोड रुपैयाँ थियो।

त्यसैगरी, समीक्षा अवधिमा प्रत्यक्ष वैदेशिक लगानीअन्तर्गत १६ अर्ब ९६ करोड रुपैयाँ बराबरको इक्विटी लगानी भित्रिएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो लगानी १० अर्ब ५८ करोड रुपैयाँ रहेको थियो।

बैशाख मसान्तसम्म शोधनान्तर स्थिति ८ खर्ब ६३ अर्ब ५६ करोड रुपैयाँ बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यो ४ खर्ब ३८ अर्ब ५२ करोड रुपैयाँ बचतमा रहेको थियो।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३ अर्ब २३ करोड डलर बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ५ अर्ब ९८ करोड डलर बचतमा पुगेको राष्ट्र बैंकले जनाएको छ।