Mangaldeep Aagarbatti
GBIME

मन्दाकिनी हाइड्रोपावरको नाफा ९२ प्रतिशतले बढ्यो

1K
shares

काठमाडौं, १७ भदौ । मन्दाकिनी हाइड्रोपावरको नाफा ९२.१७ प्रतिशतले बढेको छ । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले गत आवको चौथो त्रैमासिक वित्तीय विवरण बल्ल सार्वजनिक गरेको छ ।

उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा ९२ प्रतिशत वृद्धि भएको छ ।

अघिल्लो आवको सोही अवधिमा कम्पनीले १ करोड ५१ लाख ३० हजार रुपैयाँ नाफा कमाएको थियो । कम्पनीले बिद्युत बिक्रीबाट हुने आम्दानी बढाएसँगै नाफामा पनि सुधार आएको छ ।

असार मसान्तसम्म बिद्युत बिक्री गरेर कम्पनीले ११ करोड ३६ लाख ८७ हजार रुपैयाँ आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिमा ९ करोड ६५ लाख रुपैयाँ रहेको थियो ।

यस्तै अन्य आम्दानी ३७ हजार २६९ रुपैयाँबाट बढेर १७ लाख ९० हजार ५७१ रुपैयाँ पुगेको छ । कम्पनीको जगेष कोषमा ३ करोड ७५ लाख १८ हजार रुपैयाँ रहेको छ ।

असार मसान्तसम्म प्रतिसेयर आम्दानी ७ रुपैयाँ ३१ पैसा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ भने १०७ रुपैयाँ ८८ पैसा रहेको छ । कम्पनीले साउनमा सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गरेको थियो ।

National life Banner
Dhulikhel Eco Resort 1200*100