GBIME

फुटबल खेल भइरहेको मैदानमा हेलिकोप्टर ल्याण्ड भएपछि….

2.15K
shares

काठमाडौं, ५ माघ । स्याङ्जाको वालिङ नगरपालिकामा हेलिकोप्टरका पाइल कुटिएका छन् । फुटबल खेल चलिरहेको मैदामा लगेर हेलिकोप्टर ल्याण्ड गरेका गरेपछि पाइलमाथि कुटपिट भएको हो ।

नगरपालिका–८ मा रहेको खेल मैदानमा प्रथम वालिङ गोल्ड कप अन्तर्गतको दोस्रो सेमिफाइनल खेल भइरहेको थियो । जसमा फाइनल प्रवेशका लागि वालिङ रातो र एभनिर एफसी बीचको खेल जारी थियो । तर मैदानमा खेल चलिरहेकै बेलामा प्रभु कम्पनीको हेलिकोप्टर ल्याण्ड भएको थियो । ल्याण्डपछि हेलिकोप्टरका क्याप्टेन रमेश डङ्गोलमाथि हातपात भएको हो ।

पोखराबाट चार्टर गरेर लगिएको हेलिकोप्टर ल्याण्ड गरेपछि आक्रोशित युवाले क्याप्टेन डङ्गोललाई हातपात गरेका थिए । युवाहरुको कुटाइबाट क्याप्टेन डङ्गोलको नाक तथा मुखमा चोट लागेको छ । वालिङ नगरपालिका–९ का विनोद गैरे, खिमबहादुर थापा, सुशील गिरी, सुशील थापाले उक्त हेलिकोप्टर ४० हजार रुपैयाँमा चार्टर गरेर वालिङ लगेका थिए ।