GBIME

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा भण्डारी

1.24K
shares

काठमाडौं, ७ माघ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा राजेन्द्र भण्डारी विजयी भएका छन । शुक्रबार भएको संघको २९ औँ साधारण सभापछि सम्पन्न भएको चुनावबाट अध्यक्षमा भण्डारी विजयी भएका हुन् ।

चार जना प्रतिपस्र्धी रहेको रहेको संघको चुनावमा भण्डारीले १९९ मत ल्याएर मत पाए भने कुमद खनालले १३१ मत प्राप्त गरे । त्यस्तै इश्वरी जिसीले १२८ मत प्राप्त गरे । यस्तै प्रथम उपाध्यक्षमा डिक बहादुर खत्री (कुमार), द्धितिय उपाध्यक्षमा सञ्जु गुरुङ, तृतिय उपाध्यक्षमा रोशन कटुवाल विजयी भए । त्यस्तै महासचिवमा मेघनाथ भुर्तेल, सचिवमा कर्णराज कटुवाल र कोषाध्यक्षमा सरिता घले विजयी भए ।

सदस्यहरुमा कैलास पाठक, चन्दै बहादुर लिम्बु, तोरन कुमार कार्की, वैकुण्ठ प्रसाद पौडेल (वैभव), राजेन्द्र बस्नेत, देउमान नेम्वाङ, आनन्द कोइराला, देवमाया थापा र बिक्रम श्रेष्ठ बिजयी भएका छन ।