नेपाल उद्योग वाणिज्य महासंघका वस्तुगत तर्फका नेताहरुको सभामुखलाई ध्यानाकर्षण

वि.सं.२०७९ माघ ८ आइतवार १९:३२
shares

काठमाडौं, ८ माघ । नेपाल उद्योग वाणिज्य महासंघका विभिन्न वस्तुगत संघका अध्यक्षहरुको टोलिले आइतबार नवनिर्वाचि सभामुखलाई निजी क्षेत्रका विभिन्न विषयवस्तुमा ध्यानाकर्षण गराएका छन् । महासंघका वस्तुगत तर्फका उपाध्यक्ष अन्जन श्रेष्ठको नेतृत्वमा गएको टोलिले बैंकको ब्याजदर, विभिन्न ऐन नियमका संशोधन गर्ने विषयमा सभामुखको ध्यानाकर्षण गराएको हो ।
नव निर्वाचित सभामुखलाई बधाइ तथा शुभकामान दिन पुगेका महासंघका नेताहरुले वर्तमान आर्थिक अवस्थाको विषयलाई समाधानका लागि पहल गर्न आग्रह समेत गरेका थिए । पछिल्लो समय बजारमा देखिएको तरलता अभावका कारण निजि क्षेत्र समस्यामा परहेको विषयमा सभामुख देवराज घिमिरेलाई ध्यानाकर्षण गराइएको नेपाल कुचो संघका अध्यक्ष राजकुमार कार्कीले जानकारी दिए ।
भेटघाटका अवसरमा महासंघका केन्द्रीय सदस्य मनिगालाल प्रधानले उद्यमी व्यवसायीले गोग्नु परेको कठीनाइका विषयमा सभामुख घिमिरेलाई जानकारी गराएका थिए । कुचो संघका अध्यक्ष कार्कीले अलैँची र अम्रीसोमा बंगलादेश निर्यात गर्दा लाग्ने अधिक करको वारेमा जानकारी गराएका थिए । शुभकामना तथा बधाइ दिने कार्यक्रममा नेपाल प्ट्रोलियम डिलर्सका पूर्व अध्यक्ष शिव प्रसाद घिमिरे, नेपाल दाना उद्योग संघका अध्यक्ष रविन पुरी, सौर्य उत्पादक संघका नेपालका निवर्तमान अध्यष इन्द्र खनाल, पूmट एण्ड फरवार्डसका अध्यक्ष मनोज अधिकारी, नेपाल महिला उद्यमी महासंघका वरिष्ठ उपाध्यक्ष शोभा ज्ञावाली आ आफ्ना संघका तर्फबाट शुभकामना तथा संघका समस्याका विषयमा जानकारी गराएका थिए ।
सो अवसरमा सभामुख घिमिरेले व्यवसायीका समस्याका विषयमा सम्बन्धित निकायसँग समन्वय गरेर समाधान गर्नका लागि पहल गर्ने बताए । साथै समस्या समाधानका लागि व्यवसायी संघ वृहत छलफल गर्ने पनि सभामुखले आश्वासन दिएको कुचो संघका अध्यक्ष कार्कीले बताए ।