GBIME

नेपालको अर्थतन्त्र सुधारका लागि ब्याजदरमा सुधार आवश्यक छ : सभामुख घिमिरे

1.34K
shares

काठमाडौं, ४ चैत । सभामुख देवराज घिमिरेले मुलुकको अर्थतन्त्र सुधारका लागि ब्याजदर सुधार आवश्यक रहेको बताएका छन् ।

शनिबार ललिपुरमा आयोजित ललितपुर उद्योग वाणिज्य संघको ५७ औं स्थापना दिवस कार्यक्रमलाई सम्बोधन गदै उनले नेपाली अर्थतन्त्र ब्याजदरकै कारण खलबलिएको तर्क गरेका छन् । बढ्दो ब्याजदरले पुँजीको लागत बढाउने र समग्र अर्थतन्त्र खलबलिने भन्दै उनले अर्थतन्त्रलाई गतिशिल बनाउन आवश्यक रहेको बताएका छन् ।

उनले भने ‘नेपालको अर्थतन्त्रको ब्याजदरको कारणले समस्या परेको छ ,हामी सबै जानकार छौं । ब्याजदरले पुँजीको लागत बढाउँने र समग्र अर्थतन्त्र खलबलाउँने भएकाले अर्थतन्त्रलाई गतिशिल बनाउनु पर्छ त्यसका लागि सबैले सहयोग गर्नुहुन्छ भन्ने आशा छ ।’

ऐतिहासिक रुपमा सम्पन्न मुलुक आज अभाव र गरिबीमा बाँचिरहेको  उनको गुनासो छ । सभामुख घिमिरेले मूलुक भित्र उत्पादन वृद्धि गर्ने, रोजगारी सृजना गर्ने र नेपालमा हुने आयातलाई प्रतिस्थापन गरी निर्यातलाई वृद्धि गर्न कानूनको अभाव भएमा व्यवसायी मैत्री कानून बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।