Nepal Life Banner (End Date 5 Magh 2081)

बाख्रा र पाठाको बलि दिने देशमा बाघहरु सुरक्षित हुन्छन् : सांसद सिंह

2.37K
shares

काठमाडौ, ६ वैशाख । प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले भ्रष्ट्रचारको जरा राजनीतिक भएको दाबी गरेका छन ।

राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधिसभामा आएको ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग तेस्रो संशोधन विधेयक’ माथिको सैद्धान्तिक छलफलमा सांसद सिंहले अख्तियार भ्रष्टचारको कारबाहीको लागि निर्मम हुनु पर्ने भन्दै मुलुकमा राजनीतिक दल र भ्रष्टाचारीलाई कारवाही नभएको टिप्पणी गरे ।

जब सम्म भ्रष्टाचारीलाई कारबाही हुदैन, राजनीतिक नेतालाई कारवाही हुदैन त्यसबाट भ्रष्टचार उन्मुक्ति हुदैन भ्रष्टचारको जरा राजनीतिक हो । महङ्गो राजनीतिक प्रणाली हो ।

हाम्रो देश हिन्दू राष्ट्रमा बाघको बलि नभई बाख्रा र पाठाको बलि दिने गरेको भन्दै ठूला नेताले बाघको जस्तो व्यवहार गरेको उनको तर्क छ । पछिल्लो समय राजनीतिक दलमा शक्तिको मनोमानी हावी भएको पनि उनको टिप्पणी छ ।