GBIME

चार्टर्ड एकाउन्टेन्स स्टुडेन्ट्स एसोसिएसनको फेसबुक ह्याक

3.13K
shares

काठमाडौं, ६ जेठ । नेपाल चार्टर्ड एकाउन्टेन्ट स्टुडेन्ट्स एसोसिएसन (NCASA) को आधिकारिक फेसबुक पेज एक ह्याक भएको छ । करिब महिनाअघि अज्ञात समूहले १२ हजार सदस्य रहेको यो पेज ह्याक भएको हो ।

NCASA नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थान (ICAN) को एक विद्यार्थी संगठन हो । जसले नेपालमा सीए विद्यार्थीहरूको रुचि र कल्याणलाई बढावा दिने उद्देश्य राखेको छ । २०६० सालमा स्थापना भएको यो संस्थाले आफ्ना सदस्यहरूको शैक्षिक र व्यावसायिक सीपहरू बढाउन विभिन्न कार्यक्रमहरू आयोजना गर्ने गरेको छ ।

संघले ह्याकिंग घटनाको भत्र्सना गरेको गर्दै अनाधिकृत पोष्टहरूबाट पर्न गएको असुविधाको लागि आफ्ना अनुयायीहरूसँग माफी समेत मागेको छ । ‘हामी हाम्रा अनुयायीहरूलाई ह्याक गरिएको पृष्ठ रिपोर्ट गर्न र घटना पछि सिर्जना गरिएको यसको नयाँ पृष्ठ, NCASA Eloquent फलो गर्न अनुरोध गर्दछौं,’ संघले भने । NCASA ले पनि ICAN लाई यस विषयमा जानकारी गराएको छ र ह्याक गरिएको पृष्ठ रिकभर गर्न सहयोग गर्नका लागि अनुरोध गरिएको संघका अध्यक्ष महेन्द्र खड्काले जानकारी दिए ।

NCASA ले आफ्ना सदस्यहरू र अनुयायीहरूलाई साइबर सुरक्षाको बारेमा सजग र सतर्क रहन र कुनै पनि फिसिङ वा घोटाला गर्ने प्रयासहरूमा नपर्न आग्रह गरेको छ । अध्यक्ष खड्काले यसले आफ्नो नयाँ फेसबुक पेज र वेबसाइट मार्फत नेपालमा सीए विद्यार्थीहरूका लागि आफ्ना गतिविधि र सेवाहरूलाई निरन्तरता दिने प्रतिबद्धता पनि व्यक्त गरे ।