GBIME

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

858
shares

काठमाडौं, ९ जेठ । मंगलबार सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा ८०० रुपैयाँ सस्तो भएको छ भने चाँदीको मूल्य १० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी, तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन भने सुनको भाउ स्थिर रहेको थियो ।

त्यस्तै मंगलबार चाँदीको मूल्य पनि घटेको छ । मंगलबार चाँदी तोलामा १० रुपैयाँले सस्तिदा प्रतितोला १ हजार ३६५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । अघिल्लो कारोबार दिन घटेको चाँदीको मूल्यले मंगलबार पनि निरन्तरता पाएको हो ।

 

Premier Steel Banner