GBIME

प्रहरी षड्यन्त्रको सिकार प्रहरी भएको छैन : गृहमन्त्री श्रेष्ठ

1.57K
shares

काठमाडौं, ११ जेठ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आम नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने धन्दामा राज्यकै निकायमा रहेकाहरूको संलग्नता देखिनुले सबैको शिर निहुरिएको बताएका छन् । तर, सबै दोषी विरुद्ध कारबाही हुने उनको प्रतिवद्धता छ ।

बिहीबार गृह मन्त्रालयमा नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघको ज्ञापनपत्र बुझ्दै नक्कली भुटानी शरणार्थी प्रकरणलाई निष्कर्षमा पु¥याइ छाड्ने मन्त्री श्रेष्ठले बताए । उनले भने,‘आफ्नै देशको नागरिकलाई अनागरिक बनाएर अर्काको देशको शरणार्थी बनाई विदेश पठाउने योजना बनाउनु दुखद् हो । सम्पत्ति आर्जन गर्ने उेश्य यहाँ जोडियो । हामी लज्जित छौं । राज्यकै निकायमा भएको मानिसहरूबाट नै यो प्रकारको काम भयो । अनुसन्धान प्रक्रियालाई अगाडि बढाएर अहिले मुद्दा अदालतमा पेश गरेका छौं ।’

उनले अदालतमा मुद्दा पु¥याएकाले त्यसको अन्तिम फैसला अदालतले गर्ने उनको भनाई छ । प्रहरी अनुसन्धानमा कुनै प्रकारको अवाञ्छित दबाब, प्रभाव हुन नदिन सुरुबाटै नेपाल प्रहरीलाई निर्देशन दिएको पनि उनले बताएका छन् ।

उनले भने,‘अवाञ्छीत प्रभावबाट प्रहरीलाई मुक्त राखेर अगाडि बढाउने, आर्थिक र अरू प्रकारका चलखेल हुने गरेको भनेर सुनिन्छ । त्यसबाट मुक्त रहेर स्वतन्त्र र निष्पक्ष ढंगले छानविन प्रकृया अगाडि बढाउने र त्यसलाई निष्कर्षमा पु¥याउने अठोट सरकारको छ’, आशंकाको भर र राजनीतिक वा मनोगत पूर्वाग्रहका आधारमा कोही निर्दोष फस्ने उनले भेटका क्रममा बताए । उनले भने,‘सार्वजनिक प्रष्ठिामा आँच पु¥याउने काम नहोस् भनेर प्रहरीलाई भनेको छु । त्यहि आधारमा प्रहरीले काम गरेको छ,तपाईंहरु ढुक्क हुनुस् कुनै षड्यन्त्रको सिकार प्रहरी भएको छैन । र हुँदैन पनि ।’

उनले ३० जनामाथि मुद्दा चलाउँदैमा अनुसन्धान नसिकने र थप अनुसन्धान पनि भइरहेकाले कोही निर्दोष फस्ने र दोषी उम्कने आशंका व्यक्त नगर्न युवा संघका प्रतिनिधिसँग आग्रह गरे ।