Mangaldeep Aagarbatti
GBIME

सरकारको नीति तथा कार्यक्रम लक्ष्यहिन उँट जस्तो छ : सांसद तामाङ

612
shares

काठमाडौं, १३ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद बुद्धिमान तामाङले सरकारको नीति तथा कार्यक्रम लक्ष्यहिन उँट जस्तो भएको बताएका छन् । शनिबार प्रतिनिधिसभाको बैठकमा उनले सत्ता साझेदारी दलका कार्यक्रमलाई समेट्न खोज्दा कतै नमिल्ने उँट जस्तो भएको टिप्पणी गरेका हुन् ।

उनले भने ‘सरकारको यो नीति तथा कार्यक्रम कहाँ पुग्ने हो लक्ष्य के हो प्राथमिकता के हो भन्नेमा नै चरम अलमल र दुविधा रहेको देखियो, सत्ता साझेदारी दलका कार्यक्रमलाई समेट्दा यो कार्यक्रम उँट जस्तो भएको छ यता मिलाउँदा उता नमिलेको उता मिलाउँदा यता नमिलेको जस्तो छ ।’

सरकारले दैनिक खर्च धान्न नसक्ने अवस्थामा अनावश्यक खर्च कटौती गर्नु पर्ने उनले बताए ।

National life Banner
Dhulikhel Eco Resort 1200*100