GBIME

नबिल बैंकले एकै पटक सञ्चालनमा ल्यायो ३८ नयाँ शाखा

1.37K
shares

काठमाडौं, १७ जेठ । नबिल बैंकले भोलिबाट ३८ वटा नयाँ शाखा सञ्चालनमा ल्याउने भएको छ । बैंकले बिहीबारदेखि एकै पटक ३८ शाखा विस्तार गर्ने भएको हो ।

बैंकले काठमाडौंमा विशेष कार्यक्रम आयोजना गरेर भर्चुअल रुपमा एकै पटक नयाँ शाखाहरुको उद्घाटन गर्न लागेको हो ।

पछिल्लो  समय नबिल बैकको बैंकिङ सेवा सुविधा गुणस्तर भएको हुँदा माग बढेको अनुमान बैंकले गरेको छ ।