जब उनले गोलभेडाको बोटमै पैसा फलेको देखिन् (भिडियोसहित)
वि.सं.२०८० चैत २७ मंगलवार १६:३५
shares
काठमाडौं, १८ भदौ । भविष्य उजिल्याउने सपना बुन्दै खोटाङबाट काठमाडौं झरेकी तारामाया तामाङ आफ्ना दुई सन्तान स्यहारेर दुःख जिलो जीवन निर्वाह गर्दै थिइन् । कलिला छोराहरुको भविष्य बनाउन भन्दै खाडीको यात्रा गरेका श्रीमान साउदी अरबमा पसिनाको मूल्य खोज्दै थिए ।
श्रीमान श्रीमतीको बेला बेलामा फोनमा कुराकानी हुन्थ्यो । नेपालमै केही गरेर परिवारका सबै सदस्य एकै ठाउँमा बस्न पाए कति रमाइलो हुन्थ्यो भन्ने आशयका कुरा हुन्थे तर, स–परिवार संगै बस्ने मेसो मिलिरहेको थिएन ।
गाउँमा माटो खेलेरै हुर्किएकी तारामायालाई लाग्थ्यो ‘खेती गरेर पनि जीबनमा केही गर्न सकिन्छ ।’ तर, मेसो मिलिरहेको थिएन । आफु जहाँ बस्थिन् वरपार केही कृषि फर्म थियो । टनेलभित्र लह लह फल्दै गरेका गोलभेडामा उनको आँखा प-यो । उनका आँखाले गोलभेडाको बोटमा गोलभेडा हैन पैसा फलेको देख्यो ।
उनलाई पनि त्यसै गरि गोलभेडाको बोटमा पैसा फलाउन मन थियो तर, स्थिती त्यति सहज थिएन । तै पनि आँटेको काम गर्नै पर्छ भन्नेमा थिइन् । मोटामोटी योजना बनाइन् । भाडामा एक रोपनी जग्गा पाइन् र खोलिन् आरुषी कृषि फर्म । खेतीका लागि प्रारम्भमै डेढ लाख चाहिने भो । ५० हजार आफैंसंग थियो । ५० हजार श्रीमानले दिए । बाँकी ५० हजारका लागि आफन्त गुहारिन् ।
आफन्तले ५० हजार ऋण समेत पत्याएनन्
लघुवित्तले डुबायो भन्नेहरु बेकामी हुन्
जो संग पैसा थियो तिनले पहिलो प्रश्न गरे । ‘५० हजार कहाँबाट तिछ्र्यौ ?’ गोलभेडा खेती गर्न लागेको कुरा गर्ने बित्तिकै सुझाबको भाषामा भने ‘गोलभेडा बेचेर त ५० हजार आउदैन ।’
उनका आफन्तहरुका पनि समस्या त्यही थियो । बिदेश जाने कुरा गर्नेहरुलाई तत्कालै पैसा दिन्थे तर, खेती किसानी गर्छु भन्नेका कुरा सुन्नै चाहदैन थे ।
तैपनि उनले हरेश खाइनन् । एक रोपनी जग्गा भाडामा लिएर गोलभेडा खेती सुरु गरिन् । त्यति बेला उनलाई टनेलको बारेमा राम्रो जानकारी समेत थिएन । मान्छे खोजिन् र टनेल बनाएर गोलभेडा खेती सुरु गरिन् ।
पहिलो लटमै उनको सपना विपनामा परिणत भयो । नभन्दै उनको बोटमा गोलभेडाको दाना हैन पैसा फले । आर्थिक सहयोग गर्न ढोकामै आइपुग्यो सिवाईसी लघुबित्त । दुःखको बेला सिवाइसीको साथ पाएकी तारामायालाई अहिले सिवाइसी माइतीघर जस्तै लाग्छ । ‘मेरो पहिलो माइतीघर बा आमा जन्मेको घर हो भने दोस्रो सिवाइसी ।’
७ वर्षदेखी कृषि पेशामा लागेकी तारामाया चार वर्षदेखी चुलीखेलको सापाटारमै छिन् । अहिले चार रोपनी जग्गामा गाेलभेडा मात्रै हैन । गाेलभेडासंगै उनको सपना फलिरहेको छ ।
सिवाइसी लघुबित्तसंग दुई वर्ष अगाडी दुई लाख, त्यसपछि तीन लाख ऋण लिएकी तारामाया असल उद्यमी मात्रै हैन, कुशल ऋणी पनि हुन् । भाखा ननाघ्दै ऋण तिर्ने तारामायाको छ लाख ऋण स्वीकृत भैसकेको छ । भन्छिन् ‘अहिले त यहि फर्म बेच्ने हो भने अफसिजनमा २० लाख सिजनमा ३५ लाखसम्म आउछ ।’
उनलाई फर्म बेच्नु छैन । यहि फर्मलाई विस्तार गर्ने योजनामा छिन् । अहिले हप्तामा ५० हजारसम्मको गोलभेडा बेच्ने गरेकी तारामाया एकदिन बिराएर गोलभेडा टिप्छिन् ।
प्रविधीका बारेमा समेत पोख्त भैसकेका छिन् उनी । गोलभेडाको छेउछाउमा सयपत्री फूलका बिरुवा लहरै छन् । फूलका बिरुवाले दुईटा काम गरेको छ । पहिलो त फूल फूल्छ फूलेको फूल बिक्री गरेर पैसा आउछ । दोस्रो कुरा गोलभेडाको जरा खाने एउटा किरा हुन्छ । उसलाई फूलको जरा बढी स्वादिलो लाग्छ । यदि छेउमा फूल लगायो भने गोलभेडाको जरा खाने किरा फूलको बोट तिर सर्छ । त्यसो हुँदा गोलभेडाको बिरुवा जोगिन्छ ।
सानो परिवार सुखी
उनका दुई छोरा बोडिङ स्कुलमा पढ्छन् । श्रीमान उनकै कृषि फर्ममा सघाउछन् । आफ्नो परिवारलाई सानो र सुखी भन्न चाहन्छिन् ‘यसैमा मज्जा छ आफ्नै पौखर आफ्नै काम कसैको चाकडी गर्न परेको छैन ।’
गोलभेडा संगै अरु तरकारी पनि
उनको फर्ममा गोलभेडा संगै अन्य सिजनल तरकारी पनि छ । आफ्नो फर्ममा तरकारी किन्न आउनेहरुले सब थोक एकै ठाउँमा पाउन् भनेरै मिक्स तरकारी लगाएको बताउछिन् ।
जाडो महिनामा रोपेको तीन महिनापछि फल दिने गोलभेडाले गर्मी महिनामा दुई महिनादेखी नै उत्पादन दिन थाल्छ ।
पहिला वास्ता नगर्नेहरु अहिले निम्तो दिन्छन
सिवाइसीमा जोडिनु अघि तारामाया अन्य केही लघुबित्तमा ऋणको कुरा गर्न पुगेकी थिइन् । उनको कुरा सुन्नै चाहेनन् । उनलाई उबेलामा नचिन्ने अहिले सफल भएको देखेपछि तिनै मान्ेहरु ढोकैमा आएर भन्ने गरेका छन् ‘हाम्रोमा आउनुस् ब्याज पनि सस्तो छ सर्भिस चार्ज पनि लिँदैनौ ।’
सिवाइसीलाई माइती मानेकी तारामाया अरुलाई झट्टै विश्वास गर्दिनन् । नमस्कार गर्दै भन्छिन् ‘मलाई सिवाइसी नै ठिक छ ।’
लघुबित्तले डुबाउदैन
लघुबित्तले डुबायो भन्दै आन्दोलनमा हिँडेकाहरु उनले पनि देखेकी छिन् । ऋण लिएर सही ठाउँमा लगानी गर्नेहरु कहिल्यै डुब्दैनन् भन्ने तारामायासंग लघुबित्तले उकासेको मात्रै अनुभव छ ।
तस्विर/भिडियो : उज्वल पौडेल